काठमाडौं । विश्वका दुई ठूला टेक कम्पनी गुगल र माइक्रोसफ्टले कोभिडसँग लडिरहेको भारतलाई सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड संक्रमितहरुको संख्या उकालो लागेसँगै भारतीय अस्पतालहरुको अवस्था भयावह बन्दै गइरहेको छ ।
गुगल तथा मातृ कम्पनी अल्फाबेटका प्रमुख सुन्दर पिचाईले भारतको अवस्थाबाट आफू मर्माहित भएको बताउँदै एक करोड ८० लाख डलरको सहयोग रकम प्रदान गर्ने घोषणा गरेका छन् ।
यस्तै माइक्रोसफ्टका प्रमुख सत्य नाडेलाले आफू पनि भारतमा कोरोना दोस्रो लहरबाट उत्पन्न अवस्था देखेर दुःखी भएको बताउँदै त्यहाँ देखापरेको अक्सिजन आपूर्तिको अभावलाई सहयोग गर्न लागि पर्ने बताएका छन् ।
I am heartbroken by the current situation in India. I’m grateful the U.S. government is mobilizing to help. Microsoft will continue to use its voice, resources, and technology to aid relief efforts, and support the purchase of critical oxygen concentration devices.
यी दुवै टेक जायन्ट कम्पनीका प्रमुखहरु भारतमा जन्मिएका भारतीय नागरिक हुन् । पिचाई दक्षिण भारतीय शहर चेन्नईमा जन्मिएर विद्यालय तहकाे शिक्षा त्यहीँबाट पुरा गरेका हुन् । उनले गत आइतबार ट्वीटमार्फत सहयोग रकमको घोषणा गरेका हुन् ।
यस्तै नाडेला हैदरावादमा जन्मिएका हुन् । उनी २०१४ मा माइक्रोसफ्टकाे प्रमुखमा नियुक्त भएका हुन् ।
हाल भारतमा कोभिड १९ संक्रमितहरु अक्सिजन अभावका कारण मृत्युवरण गरिरहेका खबर बााहिर आइरहेका छ । भारत सरकारले अक्सिजन आपूर्ति बढाउन देशभर पाँच सयवटा अक्सिजन जेनेरेसन प्लान निर्माण गर्ने योजना लिएको छ ।
Devastated to see the worsening Covid crisis in India. Google & Googlers are providing Rs 135 Crore in funding to @GiveIndia, @UNICEF for medical supplies, orgs supporting high-risk communities, and grants to help spread critical information.https://t.co/OHJ79iEzZH