२ डलरमा यसरी पुग्यो ‘गुगल अर्जेन्टिना’ डोमेन व्यक्तिको हातमा, अर्जेन्टिनामा गुगल नै बन्द !
बैशाख १६, २०७८ ११:२६
काठमाडौं । ‘गुगल अर्जेन्टिना’ डोमेन २.९० डलरमा एक जना वेब डिजाइनरले किन्दा अर्जेन्टिनामा गुगलको साइट झन्डै दुई घण्टाको लागि बन्द भएको छ । यो घटना अघिल्लो बुधबारको हो । ३० वर्षीय निकोलस कुरोना नामक वेब डिजाइनरले उक्त डोमेन किनेका थिए ।
उनले बीबीसीसँग कुरा गर्दै भनेको छन, ‘मैले साधारण प्रक्रियाबाटै ‘गुगल.कम.एआर’ डोमेन खरिद गरेको थिए । मैले कहिलै पनि कल्पना गरेको थिइनँ कि, यो मलाई उपलब्ध हुनेछ ।’
गुगल अर्जेन्टिनाले पनि उक्त डोमेन केही समयका लागि अर्कैको हातमा पुगेको स्वीकार गरेको छ । ‘हो, उक्त डोमेन केही सयमका लागि गएको थियो,’ गुगल अर्जेन्टिनाले भन्यो, ‘तर, हामीले तत्कालै डोमेन फिर्ता लिन सफल भयौं ।’
यो घटना तब भएको हो, जब निकोलस आफ्नो डेक्समा बसेर आना ग्राहकको वेबसाइट बनाउँदै थिए । त्यही समयमा उनलाई ह्वाट्सएपमा गुगल डाउन भएको समाचार आयो ।
‘मैले तत्कालै मेरो ब्राउजरमा www.google.com.ar टाइप गरे,’ उनले सुनाए, ‘त्यसले काम गरेन । मैले सोचें त्यहाँ केही भइरहेको छ ।’
उनी एआर डोमेन सञ्चालन तथा व्यवस्थापन गर्ने संस्था नेटवर्क इन्फरमेशन सेन्टर अर्जेन्टिना (एनआइसी) को साइटमा गए । त्यहाँ गएर उनले www.google.com.ar सर्च गरे । उक्त डोमेन किन्नका लागि उपलब्ध थियो ।
उक्त डोमेन किन्न पाइन्न भन्ने थाहा हुँदाहुँदै पनि उनले आवश्यक प्रक्रिया अघि बढाए । सम्पूर्ण प्रक्रिया पुरा गरी पैसा बुझाएसँगै उनलाई डामेन खरिद गरेको इनभ्वाइस ईमलमा आयो । उक्त डोमेन जम्मा २.९० डलमा खरिद गरिएको थियो ।
जब ईमेलमा इन्भ्वाइस आयो मैले www.google.com.ar सर्चबारमा सर्च गरे । उनले भने, ‘त्यसो गर्दा उत्त डोमेनमा मरो जानकारी आयो । मेरो जानकारी सहितको उक्त स्क्रिन हेर्दा म केही बेरका लागि हेरेको हेरै भएको थिए । मलाई विश्वास नै लागि रहेको थिएन ।’

रातको ९ बजेर ५२ मिनेट जाँदाको उक्त डोमन निकोलसले खरिद गरेका थिए । योसँगै लाखौंको संख्यामा www.google.com.ar सर्च गर्नेहरु उनको साइटमा आइरहेका थिए ।
उनले भनेको छन, ‘मेरो यसमा कुनै पनि नकारात्मक सोच थिएन । मैले यो खरिद गर्न कोशिसमात्रै गरेको थिए एनआईसीले मलाई दियो ।’
त्यसको केही मिनेटमै निकोलस त्यहाँको मुख्य समाचार बने । ‘जब डोमेन खरिद प्रक्रिया सम्पन्न भयो तब मलाई लागेको थियो अब केही हुनेछ,’ उनले सुनाए, ‘म पूर्ण रुपमा नर्भस भएको थिए । मैले ट्वीटमार्फत भएको घटना क्लियर गर्ने कोशिस गरे ।’
Quiero aclarar que entre a https://t.co/XtzUy8WL36 vi el nombre de https://t.co/cK20BdyuxB disponible y lo compre legalmente como corresponde!
— Nicolas David Kuroña (@Argentop) April 22, 2021
कसरी सम्भव भयो त ?
यसको हुनसक्ने पहिलो सम्भावना भनेको गुगलले उक्त डोमेन रिन्यु गर्न बिर्सिएको थियो । तर, गुगलले उक्त डोमेनको लाइसेन्स कहिलै पनि एक्सपायर नहुने बताएको छ ।
त्यो हो भने कसरी एनआईसीले उक्त डोमेन बिक्रीका लागि राख्यो त ? यो विषयमा अहिलेसम्म कुनै जानकारी भने प्राप्त भएको छैन । भने, गुगलले तत्कालै उक्त डोमेन कसरी पुनः प्राप्त गर्यो भन्ने कुरा पनि खुलेकाे छैन ।
तर, निकोलसले खरिद गरेको उक्त डोमेनको विषयमा गुगलले निकोलसलाई केही भनेको पनि छैन । भने, उनको पैसा पनि फिर्ता भएको छैन ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
