काठमाडौं । केही समयअघि मात्रै आईफोनका लागि ‘डिभाइस ट्रयाकिङ सिस्टम’ सार्वजनिक भयाे । याे स्मार्टफाेन उद्याेगकै लागि एउटा युनिक फिचर हो । यसमार्फत तपाईंले यदि तपाईंको आईफोन हराएको खण्डमा कहाँ छ भनेर लोकेसन देखाउने छ ।
यतिसम्म कि तपाईंको मोबाइलमा इन्टरनेट छैन अथवा ब्याट्री सकिएको छ भने उक्त फिचरले तपाईंलाई आईफोन पत्ता लगाउन मद्दत गर्छ । आईफोनले उपलब्ध गराएको यही फिचर एन्ड्रोइडमा उपलब्ध छैन ।
यसको अर्थ यो भने हाेइन कि, एन्ड्रोइडमा युनिक फिचर नै छैन । आईओएसमा जस्तै एन्ड्रोइडमा पनि युनिक फिचर उपलब्ध रहेको छ । जुन कतिपय स्थानमा प्रयोग गर्न सकिन्छ । त्यो हो ‘अर्थक्वेक डिटेक्सन सिस्टम’ जुन आईओएसमा उपलब्ध छैन ।
यसमार्फत एन्ड्रोइडले प्रयोगकर्तालाई भूकम्प आउनुपूर्व नै जानकारी गराएर सुरक्षित बनाउन मद्दत गर्छ । यो फिचर पहिलो चरणमा क्यालिफोर्नियाका प्रयोगकर्तामाझ उपलब्ध भएको थियो ।
अहिले ग्रिस, न्यूजिल्याण्डलगायतका देशका एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध भएको छ ।एन्ड्रोइडले यो फिचर विस्तारै सबै प्रयोगकर्तामाझ उपलब्ध गराउने जनाएको छ ।