काठमाडौं । गत नोभेम्बरदेखि छिमेकी देश भारतमा लोकप्रिय मोबाइल गेम पब्जी प्रतिबन्धित छ । यसपछि पटकपटक यो गेम पुन: सार्वजनिक हुने हल्ला भारतीय मिडियामा आइरहेको छ । तर सार्वजनिक हुने यकिन मिति भने अहिलेसम्म तय भएको छैन ।
हालै पब्जी मोबाइल इण्डियाको आधिकारिक युट्युव च्यानलमा याे गेमबारे छाेटाे टिजर लिक भयाे । याे टिजरमा पब्जी गेम चाँडै आउन लागेकाे जानकारी दिइएकाे छ । तर रिलिज डेटबारे केही उल्लेख गरिएकाे छैन ।
तर अपलोड गरेको केही समयमै यो भिडिओ हटाइएको छ । किन भिडिओ हटाइयाे भन्नेबारे जानकारी नदिए पनि यो गेम चाँडै नै भारतमा आउने तय भइसकेकाे बताइएकाे छ ।
गत मार्चमा भारतले यो गेम पुन: लञ्च गर्न अनुमति दिएकाले डेभलपरहरू पब्जी मोबाइल इण्डियाकाे विकासमा जुटिरहेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतमा पब्जी गेम यसकाे ओरिजिनल गेमभन्दा कम हिंसात्मक प्रकृतिको हुनेछ ।