close

चिनियाँ अनियन्त्रित रकेट समुन्द्रमा खस्ने अनुमान

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १७:४४

चिनियाँ अनियन्त्रित रकेट समुन्द्रमा खस्ने अनुमान

काठमाडौं । अन्तरिक्षमा अनियन्त्रित भई पृथ्वी सतहमा प्रवेश गर्न लागेको चिनियाँ रकेटको पाटपूर्जा अन्तर्राष्ट्रिय जल क्षेत्रमा खस्नसक्ने अनुमान गरिएकाे छ। पृथ्वीकाे सतहमा पुनः प्रवेश गरिरहँदा कुनै क्षति गर्न सक्ने चिन्ता व्यक्त भइरहँदा चीनबाट यस्तो अभिव्यक्ति आएको हो ।

गत अप्रिल २९ मा पृथ्वी कक्षका लागि हाइनन टापुबाट उक्त लङ मार्च ‘फाइभ बी’ लाई प्रक्षेपण गरिएको थियो । यसअघि अमेरिकी सरकारले उक्त रकेट मानव बस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनीसमेत दिएको थियो ।

पृथ्वीको पर्यावरणमा रकेटको पुनः आगमनको सम्भावना रहेको उल्लेख गर्दै अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ताले यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बताएको थियो ।

तर चीनले पश्चिमा मिडियाले प्रचारबाजी गरे जस्तो यो यति ठूलो चिन्ताको विषय नभएको बताएको छ ।

अन्य स्याटेलाइट ट्र्याकरहरुले समेत १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रतिसेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् ।

मे ८ (शनिबार) वरपर यो पृथ्वी सतहमा प्रवेश गर्नसक्ने अनुमान गरिएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१