close

अन्तरिक्षमा मानिसलाई लिएर जान जेफ बेजोसको उडान तय

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १८:५२

अन्तरिक्षमा मानिसलाई लिएर जान जेफ बेजोसको उडान तय

काठमाडौं । अन्तरिक्षमा मानिसलाई लिएर जान अमेजनका संस्थापक जेफ बेजोस तयार भएका छन् । जेफ बेजोसकाे स्पेस कम्पनी ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्यापस्युल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ ।

उक्त यानमा अन्तरिक्षयात्रीसँगै कम्पनीका कर्मचारी पनि बाहिर जान पाउने भएका छन् । तर कम्पनीले बचेको एउटा सिटलाई भने अनलाइनमा अक्सन गर्ने बताएको छ ।

न्यू सेपहार्डको उडान सब अर्बिट (यो एक किसिमको अन्तरिक्ष उडान हो, जहाँ यान बाहिर स्पेसमा पुग्नेछ) हुनेछ । यसले यात्रीहरुलाई स्ट्रेट अप एण्ड डाउन ट्रिपमा लिएर जानेछ, जुन सय किलोमिटर माथिसम्म पुग्नेछ । 

यसलाई कर्मान लाइन पनि भनिन्छ, जसलाई अन्तरिक्षको सुरुवाती पोइन्टको रुपमा अन्तराष्ट्रिय सम्झौताअन्तर्गत डिजाइन गरिएको हो ।

हालसम्म कर्मान लाइनभन्दा माथि ५६९ जना मानिसहरुमात्र पुगेका छन् । तर न्यू सेपहार्डको मद्दतले यो संख्यामा नाटकीय परिवर्तन ल्याइदिने ब्ल्यु ओरिजिनका अस्ट्रोनट सेल्सकी निर्देशक एराइने कोर्नेलले बताएकी छिन् ।

तर २० जुलाईको यात्रामा जेफ बेजोस सरिक हुने नहुने विषयमा भने उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । 

ब्ल्यु ओरिजिनको पछिल्लो घोषणाले १२ वर्षको ग्यापपछि अन्तरिक्ष पर्यटनको क्षेत्र पुन: सुरु हुन लागेको संकेत दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१