close

कोरोना संक्रमित र आइसोलेसनमा बसेकाहरुका लागि निःशुल्क खाना पुर्‍याउँदै ‘अर्डर नाउ’

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १४:५४

कोरोना संक्रमित र आइसोलेसनमा बसेकाहरुका लागि निःशुल्क खाना पुर्‍याउँदै ‘अर्डर नाउ’

काठमाडौं । ईकमर्स कम्पनी ‘अर्डर नाउ’ ले कोभिड संक्रिमत तथा आईसोलेसनमा बसिरहेका व्यक्तिहरुका लागि नि:शुल्क खाद्यन्न आपूर्ति सूचारु गरेको छ । निषेधाज्ञाका कारण थोरैमात्र ईकमर्स कम्पनीहरुले डेलिभरी सेवा दिइरहेको समयमा अर्डर नाउले संक्रमित तथा नियमित सबै किसिमका उपभोक्तालाई खाद्य वस्तु आपूर्तिलाई निरन्तरता दिएको हो ।

‘अर्डर नाउ’ ले पूर्ण सावधानी र सुरक्षा कवजका साथ आइसोलेसनमा बसिरहेका कोभिड संक्रमितहरुलाई तरकारी, फलफूल तथा इम्युनिटी बुस्टरजन्य पदार्थ आपूर्ति गरिरहेको अर्डर नाउका संस्थापक सीईओ मनोज पन्थीले बताए ।

सबै कम्पनीहरुले आइसोलेसन र संक्रमितको रिक्वेस्टलाई रद्द गर्न थालेपछि विद्युतीय भुक्तानी प्रयोग गरी सावधानीपूर्वक उनीहरुको अर्डर आफूहरुले पुरा गरिरहेको उनले बताए ।

‘कोभिडसँग लड्न संक्रमितहरुसँग कुनै औषधि उपचार छैन । यस्तो बेला यो रोगविरुद्ध प्रतिरोधी क्षमता बढाउने एउटै उपाय भनेको स्वस्थकर  तथा अर्गानिक खाना नै,’ पन्थी भन्छन् ।

यसका लागि डेलिभरीमा खटिने कर्मचारीहरुलाई चिकित्सकहरुले परामर्श तथा प्रशिक्षण प्रदान गर्नुका साथै डेलिभरीमा खटिएका सम्पूर्ण कर्मचारी आइसोलेसन बसिरहेको बताए । ग्राहकको घरमा सामान आपूर्ति गर्न जाँदा निश्चित दूरी पनि कायम गरेको उनले बताए ।

हाल अर्डर नाउले शान्तिनगर तथा नयाँ बानेश्वर क्षेत्रमा स्कुटर तथा उपत्यकाभित्र कार्गो भ्यानको मद्दतले सामान आपूर्ति गरिरहेको बताए । तर, सामान भने अर्डर गरेको दोस्रो दिनमात्र आपूर्ति गरिरहेको उनले जानकारी गराए ।

काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी भएपछि करिब एक प्रतिशत ईकमर्श कम्पनीले मात्र हाल आफ्नो डेलिभरी सेवा सञ्चालन गरिरहेका छन् । यसबीच अर्डर नाउका लजिस्टिक्स कर्मचारीलाई पनि प्रहरीले बाटोमा घण्टौंसम्म रोकेर राखेको पन्थीले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१