close

ह्वाट्सएपको नयाँ गोपनीयता नीति जेठ १ देखि, नीति नमान्ने प्रयोगकर्ताको अकाउन्ट के हुन्छ ?

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १८:५

ह्वाट्सएपको नयाँ गोपनीयता नीति जेठ १ देखि, नीति नमान्ने प्रयोगकर्ताको अकाउन्ट के हुन्छ ?

काठमाडाैं । ह्वाट्सपको नयाँ गोपनीयता नीति मे १५ (जेठ १) देखि लागू हुँदै छ । तर फेसबुकको स्वामित्वमा रहेको याे म्यासेजिङ एपले केही देशमा अपडेट रिभ्यु र एक्सेप्ट गर्ने अवधि थप गरेकाे छ । यद्यपि ती देशमा पनि चाँडै नै गाेपनीयता नीति लागू हुनेछ ।

ह्वाट्सएपले प्रयोगकर्ताका लागि आफ्नो नयाँ गोपनीयता स्वीकार गर्न दिएको समयावधि सकिन लागेसँगै के अब उसको यस्तो नीति स्वीकार नगर्ने प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट डिलिट होला त भन्ने प्रश्न उब्जिन सक्छ ।

हालै ह्वाट्सएपले एउटा ब्लग प्रकाशन गर्दै भनेको छ, ‘नयाँ नीति स्वीकार नगर्ने प्रयोगकर्ताका लागि ह्वाट्सएपले सीमित फिचरमात्रै उपलब्ध गराउने छ ।’ मे १५ सम्म नीति स्वीकार नगर्ने प्रयोगकर्ताका लागि पुनः रिमाइन्डर पठाउने कम्पनीले जनाएको छ ।

त्यस्ता प्रयाेगकर्ताले च्याट लिस्टमा एक्सेस नपाउने र इनकमिङ फाेन र भिडियाे कल मात्र उठाउने सुविधा पाउनेछन् । साथै नाेटिफिकेशन ट्याप गरी म्यासेज वा मिस्ड कल फर्काउने सुविधा पनि पाउनेछन् ।

निष्कृय प्रयोगकर्ताको हकमा यदि तपाईंले १२० दिनसम्म अकाउन्ट चलाउनुभएन भने अकाउन्ट नै डिलिट हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१