close

प्ले स्टोरमा फेसबुक म्यासेन्जरको डाउनलोड ५ अर्ब पुरा

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १२:५५

प्ले स्टोरमा फेसबुक म्यासेन्जरको डाउनलोड ५ अर्ब पुरा

काठमाडौं । एन्ड्रोइडले लोकप्रियता हात पारेसँगै अहिले धेरै एपहरुले प्ले स्टोरमा एक अर्ब डाउनलोडको आँकडा पार गरिसकेका छन् । तर ५ अर्ब डाउनलाेड संख्या पार गर्ने एप भने जम्मा १४ वटा छन् ।

यी एपमध्ये ११ वटा एप गुगलकै छन् । यसअन्तर्गत युट्युव, गुगल म्याप, गुगल सर्च, जीमेल, गुगल टेक्स्ट टु स्पिच, गुगल क्राेम, गुगल प्ले म्युजिक, एन्ड्राेइड एक्सेसेबिलिटी स्वीट, गुगल ड्राइभ र गुगल टिभी रहेका छन् । यी एप एन्ड्राेइड अपरेटिङ सिस्टमसँगै डिफल्ट भएर आउने गर्छन् ।

बाँकी एपमा भने साेसल नेटवर्किङ जायन्ट फेसबुकका मुख्य तीन एप फेसबुक, ह्वाट्सएप र म्यासेन्जर छन् । म्यासेन्जरले पछिल्लाे सातामात्रै ५ अर्ब डाउनलाेड पार गरेकाे हाे ।

यसरी फेसबुकका यी ३ वटै एपले ५ अर्ब डाउनलाेडकाे थ्रेसहाेल्ड पार गरेसँगै विश्वमा मानिसहरू सञ्चारका लागि फेसबुकमा कति भर पर्छन् भन्ने तथ्य देखाइदिएकाे छ ।

कम्पनीले म्यासेजिङ साम्राज्यलाई अझ बढाउने याेजना सहित यी तीनवटै एप्लिकेशनलाई सँगै काम गर्न सकिने गरी ‘क्रस-प्लेटफर्म ब्याकइन्ड’ समेत निर्माण गर्दैछ । यसकै लागि फेसबुक म्यासेन्जरमा समेत इन्ड टु इन्ड इन्क्रिप्सन फिचर थप गर्ने तयारी कम्पनीले गरेकाे छ ।

याे पनि पढ्नुहाेस् :

किन कलेजी देखियो म्यासेञ्जर ?

ह्वाट्सएपको नयाँ गोपनीयता नीति जेठ १ देखि, नीति नमान्ने प्रयोगकर्ताको अकाउन्ट के हुन्छ ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१