close

डेटा खपत कम गर्न युट्युवको नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १५:२६

डेटा खपत कम गर्न युट्युवको नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । युट्युवमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार फरक फरक स्ट्रिमिङ रेजोलुसन चयन गर्न सक्छन् । सामान्यत युट्युवले प्रयोगकर्तालाई डिफल्ट रुपमा अटो मोडको विकल्प प्रदान गर्दछ ।

यसबाट नेटवर्कको उपलब्धता अनुसार भिडिओ क्वालिटी स्वतः एडजस्ट हुन्छ । यसको अर्थ नेटवर्कको गुणस्तर राम्रो छ भने उच्च गुणस्तरमा भिडिओ चल्दछ भने नेटवर्क गुणस्तर कमजोर हुँदा भिडिओको गुणस्तर पनि त्यसैअनुसार कम हुने गर्दछ ।

यसो फाइदा के हुन्छ भने उपलब्ध नेटवर्कअनुसार भिडिओ कम वा बढी गुणस्तरमा स्वतः उतारचढाव भइरहन्छ ।

यसरी कम गर्नुहोस् युट्युवको डेटा खपत

डेटा खपत व्यवस्थापनका लागि सुरुमा आफ्नो युट्युव एपमा जानुहोस् र माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकन हुँदै सेटिङमा जानुहोस् ।

त्यहाँ तपाईंले तेस्रो विकल्पको रुपमा ‘भिडिओ क्वालिटी प्रिफरेन्सेस’ देख्नुहुनेछ । त्यसभित्र गइसकेपछि तपाईंले मोबाइल नेटवर्क र वाईफाई नेटवर्कमा छुट्टाछुट्टै किसिमले भिडिओ क्वालिटी एडजस्ट गर्न सक्नुहुन्छ ।

दुवै नेटवर्कका लागि तपाईंले अटोसँगै हाई पिक्चर क्वालिटी र डेटा सेभरको रुपमा लोअर पिक्चर क्वालिटी रोज्न सक्नुहुन्छ । तपाईं मोबाइलमा कम डेटा खपत होस् भन्ने चाहनुहुन्छ भने डेटा सेभर अप्सन छनौट गर्न सक्नुहुन्छ ।

यहाँ हाई पिक्चर क्वालिटीको अर्थ भिडिओको गुणस्तर राम्रो देखिन्छ र डेटा खपत पनि बढी हुन्छ । डेटा सेभर वा लोअर पिक्चर क्वालिटीमा भिडओको गुणस्तर कम हुन्छ र डेटा खपत पनि कम हुन्छ ।

हाई पिक्चर क्वालिटीमा तपाईंले ७२० पिक्सेलको रेजोलुसन पाउनुहुनेछ भने डेटा सेभरमा ४८० पिक्सेलको रेजोलुसन हुन्छ । सामान्यतया वाईफाईमा अनलिमिडेट डेटा हुने भएकाले तपाईंले त्यसलाई अटो मोडमै छोड्दा उपयुक्त हुन्छ ।

यसबाहेक युट्युवमा डेटा खपत गर्नका लागि अर्को विकल्प पनि छ । त्यसका लागि कुनै एउटा भिडिओ प्ले गर्नुहोस् ।

अब त्यहाँ माथि दायाँ कुनामा रहेको तीन वटा थोप्ला भएको स्थानमा थिच्नुहोस् र क्वालिटीभित्र जानुहोस् । त्यहाँ तपाईंले अटो, हायर पिक्चर क्वालिटी र डेटा सेभर बाहेक एड्भान्स अप्सन पनि पाउनु हुनेछ ।

एड्भान्स अप्सनभित्र गएर तपाईंले १४४ पिक्सेलदेखि २४०, ३६०, ४८०, ७२० र १०८० पिक्सेलसम्मको विकल्प पाउनुहुनेछ । एकदमै थोरै डेटा खपत हुनेगरी युट्युव चलाउन चाहनुहुन्छ भने तपाईंले १४४ पिक्सेल रोज्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१