close

अध्यात्म, योग र ज्योतिष सेवा दिने नेपाली एप : स्व अध्याय

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १६:१४

अध्यात्म, योग र ज्योतिष सेवा दिने नेपाली एप : स्व अध्याय

काठमाडौं । सुखी जीवनयापनमा सहयोग पुर्‍याउने उदेश्यले दुई युवाले स्व अध्याय एप निर्माण गरेका छन् । एनसीआईटी कलेजमा सफ्टवेयर इन्जिनियरिङ पढिरहेका सरोज दाहाल र प्रवेश रिजालले याे एप सार्वजनिक गरेका हुन् ।

एपमार्फत प्रयोगकर्ताहरुले विभिन्न योग प्रशिक्षण केन्द्रबाट योग कक्षा लिन सक्छन् । यति मात्र होइन, यस एपमा अन्य धेरै फिचरहरु पनि छन् ।

शुभ कार्यका लागि एपमार्फत नै ज्योतिष खोज्न सकिनुका साथै एपबार्ट शुभमूहर्त निकाल्न तथा अध्यात्म सम्बन्धी विभिन्न जिज्ञासा तथा प्रश्नहरु राख्न सकिन्छ ।

यसबाहेक एपभित्र अध्यात्म तथा सनातन धर्मका सम्बन्धमा विभिन्न कुराहरु अध्ययन गर्न ब्लग फिचर पनि छ । जसमा प्रयोगकर्ताहरुले आयुर्वेद, अध्यात्म, ज्योतिष विज्ञान, वास्तु, वेदान्त र उपनिषद्, धर्म, तन्त्र, योग र जीवन पद्धति, विभिन्न रत्न र पत्थरहरु तथा अन्य धेरै कुराहरु पढ्न र बुझ्न सकिन्छ ।

May be an image of text that says 'स्व अध्याय सेवाहरु ज्योतिष कक्षाहरु क्वेरी ब्लग्स ॐ मूहर्त मूहर्त भिडियो श्लोक ट्रेंडिंग ब्लग्स दानकिनगरिन्छ? गरिन्छ दान कसकोश्राद्धगरिन्छ?'

एक हप्ताअघि प्ले स्टोरमा सार्वजनिक भएको यस एपलाई केही महिनापछि एप्पलकाे एप स्टोरमा समेत सार्वजनिक गर्ने कम्पनीको योजना छ ।

प्रयोगकर्ताहरुले एन्ड्रोइड एपलाई इन्स्टल गरी साइनअप गरेपछि आफ्नो ड्यासबोर्ड पाउन सक्ने छन् । जहाँबाट यी फिचरहरुलाई प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा एपमा थप फिचर थप्दै जाने डेभलपरमध्येका एक सरोज दाहालले बताए । जसमा एपभित्रै आध्यात्मिक पोडकास्ट तथा भिडिओहरु, न्युमेरोलोजी तथा वास्तु परामर्श, व्यक्तिबाहेक कर्पोरेट तथा समूहका लागि आध्यात्मिक तथा मनोपरामर्श समेत एपभित्रैबाट उपलब्ध गराउने उनीहरुको योजना छ ।

एपलाई व्यवासायिक रुपमा अगाडि बढाउन दुई युवाले कोडब्लिस नामको कम्पनीसमेत दर्ता गरेका छन् । सम्पूर्ण फिचरहरु थप गरिसकेपछि सेवालाई सब्सक्रिप्सन मोडलमा लिएर जाने उनीहरुको योजना छ ।

May be an image of 3 people and text that says 'Book Pandit Ji for your Counselling २४/७सेवाहरु २४/७ उपलब्ध ज्योतिषीहरु Narayan Prasad Guragain Kathmandu,Nepal Khem Raj Ghimire Kathmandu,Nepal ज्योतिष सेवा ज्योतिष पसल'

यसका लागि हाल योग कक्षा तथा ज्योतिष सेवाका लागि उक्त एपमा केही योगकेन्द्र र ज्योतिषहरुसँग पनि सम्झौता गरिसकेको सरोजले जानकारी दिए ।

यसअघि सफ्टवेयर कम्पनीको आउटसोर्सिङ प्रोजेक्टमा काम गरेका सरोजको प्राविधिक दक्षता छ भने उनका अर्का साथी प्रवेशको बिजनेस फिल्डमा राम्रो दख्खल छ । एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

May be an image of text that says 'ब्लग्स सबै आयुर्वेद र योग वेदान्त र उपनिषद् अध्यात्म आयुर्वेद योग वेदान्त र उपनिषद् अध्यात्म र योग योग र जीवन पद्धति ज्योतिष विज्ञान वास्तु तंत्र धर्म अन्य २०७५ सालमा विवाह र व्रतबन्धको साइतहरु व्रतबन्ध मूहुर्ता:- ज्येष्ठ ら गतेअस..........'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१