काठमाडौं । अघिल्लो सातामात्रै विश्वका धनाढ्य बिल गेट्स र उनकी श्रीमती मेलिण्डाको सम्बन्धबिच्छेद भएको छ । योसँगै शक्तिशाली परोपकारी जोडीको २७ वर्ष पुरानो वैवाहिक सम्बन्धको अन्त्य भएको थियो ।
यसरी सम्बन्धबिच्छेदपछि गुमनाम जस्तै रहेका माइक्रोसफ्टका मालिक बिल गेट्स पहिलो पटक छोरीसँग देखिएका छन् । उनी आनो जेठी छोरी जेनिफर गेट्सको इन्स्टाग्राम स्टोरिमा देखिएका हुन् ।
छोरीले जेनिफरले ‘परिवारका सदस्यसँग समय बिताउनु जस्तो राम्रो केही छैन,’ भन्ने क्याप्सनका साथ उक्त फोटो राखेकी थिइन् । हाल उक्त फोटो स्टोरीबाट भने हटिसकेको छ । उनले राखेको फोटोमा बिल गेट्स हँसिलो मुद्रामा देखिएका छन् ।