close

ल्याण्डलाइन नचले टेलिकमले न्यूनतम शुल्क छुट दिने

टेकपाना टेकपाना

जेठ २, २०७८ ८:५०

ल्याण्डलाइन नचले टेलिकमले न्यूनतम शुल्क छुट दिने

काठमाडौं । लगातार रुपमा ल्याण्डलाइन फोन नचलेको अवस्थामा नेपाल टेलिकमले न्यूनतम शुल्क अर्थात रेन्टल चार्ज छुट गर्ने भएको छ । टेलिकमका निर्देशक अनन्तमान सिंहले शनिबार आयोजित दूरसञ्चार नीतिगत बहमा यसको जानकारी गराएका हुन् ।

पछिल्लो समय प्रदेश २ र राजमार्ग आसपासका क्षेत्रमा सडक खन्ने क्रममा पूर्वाधारमा क्षति पुगरेर लामो समयसम्म सेवा अवरुद्ध हुने समस्या देखिएको छ । सेवा नचलेको अवस्थामा ग्राहकले न्यूनतम शुल्क तिर्नु नपर्ने निर्देशक सिंहको भनाइ छ ।

उनका अनुसार लगातार १२ दिनसम्म ल्याण्डलाइन फोन लगातार रुपमा नचलेको अवस्थामा न्यूनतम शुल्क तिर्नुपर्दैन । तर त्यसका लागि टेलिकममा निवेदन दिनुपर्ने उनले स्पष्ट पारे ।

‘तर सुरुको महिनाको न्यूनतम शुल्क भने तिर्नुपर्ने हुन्छ,’ सिंहले भने, ‘निवेदन दिएको खण्डमा सेवा अवरुद्ध भएको अर्को महिनादेखि न्यूनतम शुल्क तिर्नुपर्दैन । त्यस्तो शुल्क मिनाहा गर्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४