close

देशका तीन ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी फाउन्डेसन

टेकपाना टेकपाना

जेठ ३, २०७८ १०:५

देशका तीन ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्दै चौधरी फाउन्डेसन

काठमाडौं । चौधरी फाउन्डेसनले राजधानीकाे वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै फाउन्डेसनले वीर अस्पतालमा अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो ।

त्यसैगरी फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।

यी तीन ठाउँमै स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटरप्रति घण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने र अक्सिजन प्लान्ट केही दिनभित्रै आयात गर्ने जनाएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना महामारी नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१