close

माइक्रोसफ्ट टिम्समा परिवारसँग २४ सै घण्टा निःशुल्क भिडियो कल सुविधा

टेकपाना टेकपाना

जेठ ४, २०७८ १५:४८

माइक्रोसफ्ट टिम्समा परिवारसँग २४ सै घण्टा निःशुल्क भिडियो कल सुविधा

काठमाडौं । माइक्रोसफ्ट टिम्सले फ्रेण्ड एण्ड फेमिली मोडमा प्रयोगकर्तालाई चौबिसै घण्टा निःशुल्क भिडियो कलको सुविधा सुरु गरेको छ । यो सुविधाबाट प्रयोगकर्ताले आफ्नाे परिवारसँग २४ सै घण्टा भिडियो कल गर्न सक्नेछन् । यो सुविधाको नाम माइक्रोसफ्ट टिम्स फर पर्सनल यूज राखिएको छ ।

गत वर्ष माइक्रोसफ्टले यो सुविधा ल्याउने घोषणा गरे पनि बुधबारदेखि यसको सुविधा सुरु हुनेछ । फ्रेण्ड एण्ड फेमिली मोडमा पनि माइक्रोसफ्ट टिम्सको लगभग सबै सुविधा हुनेछ । यसमा भिडियो कल गर्नेदेखि क्यालेन्डर सेयर गर्ने, फाइल सेयर गर्ने सुविधा पनि हुनेछ ।

माइक्रोसफ्टले कोभिड–१९ महामारी सुरु भएपछि एक सय जनासम्मले एक घण्टा सामूहिक भिडियो कल गर्न सक्ने सुविधा निःशुल्क रुपमा दिएको थियो । यस्तै, दुई जना व्यक्तिले भने २४ सै घण्टा निःशुल्क कुराकानी गर्न सक्ने सुविधा पनि निःशुल्क दिएको थियो ।

माइक्राेसफ्ट टिम्स पर्सनल युज अहिले आईओएस, एन्ड्रोइड, वेब र डेस्कटप सबै भर्सनमा उपलब्ध हुनेछ । यसअघि यो एपमा मात्रै उपलब्ध थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१