close

पानीमा डुब्दा पनि नबिग्रने साओमीको नयाँ ब्लुटुथ स्पिकर नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

जेठ ७, २०७८ १२:५१

पानीमा डुब्दा पनि नबिग्रने साओमीको नयाँ ब्लुटुथ स्पिकर नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं । साओमीले नेपाली बजारमा मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) सार्वजनिक गरेको छ । अडियो लाइनअपको लागि थप गरिएको याे स्पिकर विशिष्ट डिजाइन र फिचरसहित बजार भित्रिएकाे कम्पनीले जनाएकाे छ ।

फुल साउन्ड एक्पेरियन्सका लागि याे ब्लुटुथ स्पीकर(१६ वाट) उपयुक्त रहेकाे दाबी कम्पनीले गरेकाे छ ।

‘एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचर प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकल प्रदान गरेकाे छ,’ कम्पनीले उल्लेख गरेकाे छ ।

यसमा सबै दिशामा उच्च गुणस्तरकाे ध्वनी प्रवाह गर्न ‘ट्विन ८डब्लुएक्स२’ फुल रेन्ज ड्राइभर छ ।

एक स्टाइलिश भाइब्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पिकर एन्टी स्लिप प्याडिङका साथ आउँदछ, जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ, जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।

यसमा रहेकाे टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नो मुड र अवसर अनुसार सजिलै नर्मल र डीप बास मोडमा स्विच गर्न सक्छौँ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ ।

घर, पार्टी, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरुको लागि उपयाेगी हुने यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रिमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।

मी पोर्टेबल ब्लुटुथ स्पीकरमा २६०० एमएएच ब्याट्री लाइफ रहेकाे छ, जुन १३ घण्टासम्म चल्दछ ।

यसको आईपीएक्स७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराइमा ३० मिनेटको लागि पानीमुनी डुब्दा पनि असर नहुने जनाइएकाे छ ।

यसमा कलहरु उठाउनका लागि बिल्ट इन माइक्राेफाेन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली रु ५,४९९ मा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१