close

टिकटकमा नकारात्मक कमेन्टले हैरान हुनुहुन्छ ? अब सय वटा कमेन्ट एकै पटक डिलिट गर्न सकिने

टेकपाना टेकपाना

जेठ ८, २०७८ ११:५१

टिकटकमा नकारात्मक कमेन्टले हैरान हुनुहुन्छ ? अब सय वटा कमेन्ट एकै पटक डिलिट गर्न सकिने

काठमाडाैं । टिकटकले कन्टेन्ट क्रियटरको सुविधाको लागि नयाँ फिचर सार्वजनिक गरेको छ । टिकटकमा आउने असंवेदनशील र नकारात्मक कमेन्टलाई एकै पटक डिलिट गर्न मिल्ने गरी टिकटकले शुक्रबारदेखि नयाँ फिचर सुरु गरेको हो ।

अब कन्टेन्ट क्रियटरहरुले एकै पटक एक सयसम्म कमेन्टलाई सेलेक्ट गरी डिलिट गर्न सक्ने भएका छन् । टिकटकमा असंवेदनशील कमेन्ट पछिल्लो समय समस्याको रुपमा रहेको छ ।

टिकटकको एल्गोरिदमले कन्टेन्ट क्रियटरलाई रातारात लाखौं फलोअरसामु परिचित बनाइदिने गरेको छ । तर, नयाँ फलोआरको नकारात्मक र असंवेदनशील कमेन्टले कन्टेन्ट क्रियटरहरु समस्यामा पर्ने गरेका छन् ।

टिकटकले यो फिचर केही देशमा शुक्रबारदेखि सुरु हुने जनाएको छ । यो फिचर सबै प्रयोगकर्ता सामू भने आगामी सातादेखि सुरु हुनेछ । यो फिचरमा हरेक कमेन्टलाई एप्रुभ गर्ने सुविधा पनि हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१