close

प्रधानमन्त्रीले भने ‘जुम सामान्य भयो, अब फाइभजी परीक्षण हुन्छ’

टेकपाना टेकपाना

जेठ ९, २०७८ १६:७

प्रधानमन्त्रीले भने ‘जुम सामान्य भयो, अब फाइभजी परीक्षण हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटलाइजेसनको प्रक्रियालाई सरकारले धेरै अगाडि पुर्याएको बताएका छन । आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले डिजिटल प्रणालीको प्रयोगलाई यसै सरकारका पालोमा गति दिएको दाबी गरेका हुन ।

कार्यक्रममा उनले ग्रुप भिडियो प्ल्याटफर्म जुमको समेत उल्लेख गरे । ‘सिङ्गापुरमा मेरो उपचार हुदा जुममार्फत मन्त्रीपरिसदको बैठक बस्दा त्यो निकै चर्चा भएको थियो तर अब त्यो सामान्य भयो’ ।

विद्यालयको पठनपाठनसमेत अहिले यस्तै प्ल्याटफर्मले गर्दा सम्भव भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले यसै सरकारको पालामा फोरजी सेवा सार्वजनिक गरिएको समेत जानकारी दिए ।

‘अब फाइभजी पनि परीक्षणको क्रममा छ’ उनले भने । त्यस्तै सरकारी सेवालाई सहजै उपलब्ध गराउन नागरिक एपपनि सन्चालनमा ल्याइसकेको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१