close

एप स्टोरमा फेसबुकलाई यसकारण आइरहेको छ नेगेटिभ रिभ्यु

टेकपाना टेकपाना

जेठ १०, २०७८ १२:६

एप स्टोरमा फेसबुकलाई यसकारण आइरहेको छ नेगेटिभ रिभ्यु

काठमडौं । फेसबुकले एप स्टोरमा नकारात्मक रेटिङ हटाउन गरेको अनुरोध एप्पलले अस्वीकार गरेको छ । फेसबुकमा प्यालेस्टाइन सामग्रीको सेन्सर गरिएपछि प्रयाेगकर्ताले एप स्टाेरमा फेसबुकलाई कारण रेटिङ दिएका हुन् । गत शनिबार फेसबुक एपले ५ मध्ये २.३ रेटिङ पाएकाे थियो ।

‘फेसबुकमा प्यालेस्टाइन सामग्री सेन्सर हुँदा प्रयोगकर्ताहरूले आफैं सेन्सर भइरहेकाे महसुस गरिरहेका छ्न् । परिणामस्वरूप रूपमा हाम्रा प्रयोगकर्ताहरूले वान स्टार रिभ्यु दिन थालेका छन्,’ एक वरिष्ठ सफ्टवेयर इन्जिनियरले एनबीसी रिपाेर्टमा भने ।

नकारात्मक समीक्षा हटाउन फेसबुकले एप स्टोरसँग सम्पर्क राखेपनि एप्पलले अनुरोध अस्वीकार गरेकाे छ । प्यालेस्टाइनको पक्षमा सामग्री र अकाउन्ट हटाइएपछि प्यालेस्टाइन समर्थक प्रयोगकर्ताले फेसबुक लगायतका सोसल मिडिया विरूद्द विरोध जनाउन एप स्टोरमा कम रिभ्यु दिएका हुन् ।

Apple Refused Request to Remove Negative Ratings for the Facebook App

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१