close

ईबेमा अब एडल्ट भिडिओ गेमसहित अश्लील सामग्री किनबेच गर्न नपाइने

टेकपाना टेकपाना

जेठ १०, २०७८ १३:२८

ईबेमा अब एडल्ट भिडिओ गेमसहित अश्लील सामग्री किनबेच गर्न नपाइने

काठमाडौं । चर्चित डिजिटल मार्केटप्लेस ईबेले आफनो प्लेटफर्ममा अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाउने भएको छ । कम्पनीले आउँदाे जून १५ देखि एडल्ट भिडिओ गेमसहित अश्लील सामग्री बेचबिखन गर्न प्रतिबन्ध लगाउने भएको हो ।

याे नीतिले नग्न तस्वीर, एनिमे/मांगा, अश्लिलता झल्काउने पत्रपत्रिका, डीभीडी, चलचित्र, अश्लील डाेमेन नेम लगायतका सामग्रीकाे बिक्रीमा राेक लगाउनेछ । वेबसाइटमा रहेकाे ‘एडल्ट वन्ली’ क्याटेगाेरीमा त्यस्ता याैन उत्तेजक सामग्री बेच्न प्रतिबन्ध गरिएकाे हाे ।

कानूनअनुसार बिक्री वितरण गर्न मिल्ने सीमित वयस्क सामग्री मात्र याे प्लेटफर्ममा किनबेच गर्न पाइने ईबेले जनाएको छ ।

यसअन्तर्गत निश्चित शर्तमा कम्पनीले अप्रुभ गरेर मात्रै अन्य क्याटेगाेरीमा आर्ट, फोटोग्राफिक इमेज, सेक्स टोय लगायतका सामग्री बिक्रीका लागि राख्न सकिन्छ । नीति अनुसार यस्ता सामग्री चिनाउन प्रयाेग हुने फाेटाे वा डिस्प्लेमा याैन दर्शाउने अर्थ राख्न पाइने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१