close

ट्वीटर ट्रेन्डिङमा ‘नेप्से’

टेकपाना टेकपाना

जेठ १०, २०७८ १५:४८

ट्वीटर ट्रेन्डिङमा ‘नेप्से’

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय एकपछि अर्को रेकर्ड कायम हुँदा ट्वीटरमा ‘नेप्से’ ट्रेन्डिङ नम्बर एकमा परेको छ ।

सोमबार एकैदिन १३ अर्ब रुपैयाँ बढीकाे शेयर काराेबार भएको छ, जुन नेपाली शेयर बजारको इतिहासमा एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

यसअघि आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर रेकर्ड कायम भएकाे थियाे ।

यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयाेगकर्ताले शेयर बजारसँग सम्बन्धित पाेस्ट गरिरहेका छन् । ट्वीटरमा #NEPSE टपिक प्रयाेग गरेर प्रयाेगकर्ताले ट्वीट र अन्तर्क्रिया गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१