close

विण्डोज टेनमा यसरी फेला पार्नुहोस् प्रडक्ट की

टेकपाना टेकपाना

जेठ १०, २०७८ २३:४७

विण्डोज टेनमा यसरी फेला पार्नुहोस् प्रडक्ट की

काठमाडौं । जब तपाईं कुनै पनि ल्यापटप किन्नुहुन्छ, तब त्यसमा सुरुमै कुनै पनि एउटा विण्डोज अपरेटिङ सिस्टम इन्स्टल हुन्छ ।

तर यदि तपाईं कुनै पनि वेबसाइट वा रिसेलरबाट अर्को विण्डोज खरिद गरी आफ्नो डिभाइसमा इन्स्टल गर्न चाहनुहुन्छ भने खरिद गर्दै गर्दा विण्डोजसँगै तपाईंले २५ अंकको एउटा ‘की’ (Product Key) पनि पाउनुहुन्छ ।

जब त्यो ‘की’लाई आफ्नो डिभाइसमा इन्टर गर्नुहुन्छ, तब गएर त्यो डिभाइस एक्टिभेट हुन्छ ।

कतिपय ल्यापटपहरुमा विण्डोज एक्टिभेट नै भएको हुँदैन । त्यसैले निलो ब्याकग्राउण्डमा ‘एक्टिभेट की’ भनेर म्यासेज आउँछ । ती विण्डोजलाई एक्टिभेट गर्न नै Product Key को खाँचो पर्छ । टेकराडरले यससम्बन्धी तयार पारेकाे लेख यहाँ प्रस्तुत गरेका छाैं ।

विण्डोज १० ‘प्रडक्ट की’ किन आवश्यक छ ?

अबको समयमा पीसीमा अपरेटिङ सिस्टम इन्स्टल गर्नलाई नै विण्डोज १० प्रडक्ट कीको खाँचो पर्नेछैन । तपाईंले इन्स्टलेसन प्रक्रियामै यसलाई एड गर्न सक्नुहुन्छ । तर चाहेको खण्डमा तपाईं पछि नयाँ विण्डोज कपी पनि इन्स्टल गर्न सक्नुहुन्छ । 

विण्डोज १० को तपाईंको कपीले यसका फिचरहरुमा सजिलै एक्सेस पाउन सक्छ । तपाईंले आफ्नो पीसीलाई निस्क्रिय कपीबाट पनि निरन्तर चलाउन सक्नुहुन्छ । तर तपाईंले यस्तो बेला धेरैवटा फिचर र नयाँ तथा महत्वपूर्ण अपडेटहरु भने छुटाउनुपर्ने हुनसक्छ । 

साथै तपाईंले विण्डोज १० को एक्टिभेट कपी प्रयोग गरिरहनु भएको छैन भने यसले तपाईंलाई समय- समयमा रिमाण्डरको रुपमा ती कुरा सम्झाइरहने छ । 

कहाँ किन्न पाइन्छ ?

यदि तपाईंलाई विण्डोज १० को कपी किन्नु छ भने तपाईंलाई एउटा की दिइन्छ, जसलाई तपाईंले मेनुअल्ली इन्टर गर्न वा आफ्नो माइक्रोसफ्ट अकाउन्टमा अटोमेटिकल्ली अप्लाई गर्न सक्नुहुन्छ ।

यदि तपाईंले यसलाई आफ्नो पीसीको माइक्रोसफ्ट स्टोरबाट किन्नुभएको हो भने त्यो अकाउन्टमा अटोमेटिकल्ली अप्लाई हुन्छ ।

यदि तपाईंले आधिकारिक रिसेलरबाट किन्नुभएको छ, चाहे डिजिटल्ली होस् वा भौतिक रुपमा तपाईंलाई एउटा प्रडक्ट कीको कपी उपलब्ध गराइन्छ, जुन तपाईंले मेनुअल्ली इन्टर गर्नुपर्ने हुन्छ । यसैले यसलाई राख्दा सुरक्षित रुपमा राख्नुहोस् । 

विण्डोज १० पीसीमा कसरी पत्ता लगाउने आफ्नो प्रडक्ट की ?

प्रडक्ट कीलाई पीसी बजारमा कहिल्यै पनि राम्रोसँग विज्ञापन गरिएकाे छैन । तर आफ्नो पीसीबाट विण्डोज १० प्रोडक्ट की कता छ भन्ने कुरा चाहिँ पत्ता लगाउन सकिन्छ । यदि तपाईं कमाण्ड प्रोम्प्ट चलाउन सक्नुहुन्छ भने यसलाई पत्ता लगाउन धेरै समय लाग्दैन । 

१. विण्डोज १० एक्टिभ भए/नभएको चेक गर्नुहोस् 

तपाईंको विण्डोज १० को कपी एक्टिभेट छ छैन भनेर चेक गर्ने पहिलो स्टेज भनेको यदि यो एक्टिभेट छ भने तपाईंले प्रोडक्ट की फेला पार्नुहुन्छ । तर छैन भने एउटा किन्नुहोस् ।

सबैभन्दा पहिले पीसीमा सेटिङ एप खोल्नुहोस् र अपडेट एण्ड सेक्युरिटी सेलेक्ट गरी साइडबारमा रहेको एक्टिभेसनलाई क्लिक गर्नुहोस् ।

अब विण्डोज १० एक्टिभेट छ वा छैन भन्ने कुरा बताउन एउटा म्यासेज देख्नुहुनेछ । साथै यसमा डिजिटल लाइसेन्स छ कि छैन वा डिजिटल लाइसेन्स तपाईंको माइक्रोसफ्ट अकाउन्टसँग लिङ्क भएको छ यी सबै कुरा त्यहाँ देख्न सकिन्छ । 

२. प्रडक्ट की कसरी खोज्ने ?

सबैभन्दा पहिले त कमाण्ड प्रोम्प्ट खोल्नुहोस् ।

यसका लागि विण्डोजमा ‘कमाण्ड प्रोम्प्ट’ सर्च टाइप गर्नुहोस् ।

जब यो देखा पर्दछ तब राइट क्लिक गरी ‘रन एज एडमिनिस्ट्रेटर’ लाई सेलेक्ट गर्नुहोस् । अब पप अप हुने म्यासेज बक्समा रहेको ‘यस’ (Yes) क्लिक गर्नुहोस् । यदि गरेपछि कमाण्ड प्रोम्प्ट विण्डोज खुल्छ ।

यसको विकल्पमा तपाईं विण्डोज पावरसेल प्रयोग गर्न सक्नुहुन्छ । स्टार्ट मेनुमा राइट क्लिक गरेर यसलाई खोल्नुहोस् र विण्डोज पावरसेल (एडमिन) चयन गर्नुहोस् ।

अब विण्डोज १० प्रोडक्ट कीलाई हेर्न तपाईंले आवश्यक कमाण्डर इन्टर गर्नुपर्ने हुन्छ । यो केस सेन्सिटिभ हुने भएकाले तपाईंले तल दिइएको टेक्स्ट नै कपी गरी इन्टर गर्नुपर्ने हुन्छ । 

wmic path SoftwareLicensingService get OA3xOriginalProductKey कमाण्ड इन्टर गरेपछि तपाईंले आफ्नो अगाडि नै प्रडक्ट की देख्नुहुनेछ । विण्डोज १० प्रोडक्ट की तपाईंलाई सदाबहार आवश्यक पर्दैन, तर यो भइरहनु राम्रो कुरा हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१