काठमाडौं । एनएमबि बैंकले घरमै बसी भर्चुअल डलर कार्ड लिन सकिने सुविधा सुरू गरेकाे छ । काेराेना महामारीका कारण निषेधाज्ञा जारी गरिएकाे र घरमै सुरक्षित भएर बस्नुपर्ने अवस्था रहेकाले बैंकले ग्राहकका लागि अनलाइनबाटै डलर कार्ड लिन सकिने व्यवस्था ल्याएकाे हाे ।
यसअन्तर्गत अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु लिन सकिने छ ।
कार्ड लिएपछि नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आनै कार्डबाट भुक्तान गरी प्रवर्द्धन गर्न सकिने बैंकले जनाएकाे छ ।