close

‘यूएसबी टाइप-सी’ मा उल्लेख्य परिवर्तन, अब २४० वाटसम्म चार्ज हुने

टेकपाना टेकपाना

जेठ १२, २०७८ १८:३८

‘यूएसबी टाइप-सी’ मा उल्लेख्य परिवर्तन, अब २४० वाटसम्म चार्ज हुने

काठमाडौं । यूएसबी–सी अर्थात् ‘यूएसबी टाइप-सी’ उल्लेख्य अपेडेट आएसँगै अब यूएसबी–सी पोर्ट चार्जरमार्फत २४० वाटमा चार्ज गर्न सकिने भएको छ । यसअघि यूएसबी–सी पोर्ट चार्जरले १०० वाटसम्म चार्ज गर्न सक्थ्याे ।

त्यसमा दाेब्बरभन्दा पनि बढी क्षमता वृद्धि गरिएकाे छ । अब प्रयाेगकर्ताले २४० वाटको द्रुत गतिमा डिभाइस चार्ज गर्न सक्नेछन् । एन्ड्रोइड सेन्टरका अनुसार मंगलबार यूएसबी इम्प्लिमेन्टर फोरम २.१ को स्पेसिफिकेसन सार्वजनिक गरेको छ, जसमा यूएसबी–सी पोर्टले २४० वाटसम्म चार्ज गर्नसक्ने छ ।

यसअघि यूएसबी–सी आउँदा यसले चार्जरको दुनियाँमा नयाँ आयाम सिर्जना गर्न सफल भएको थियो । अझ यसमा हालै आएको अपडेटले नयाँ उचाई छुन सफल हुने विश्लेषण गरिएकाे छ ।

यो नयाँ पावरफुल चार्जर अबको केही समयपछि विश्वबजारमा उपल्ब्ध हुनेछ । विशेषगरी हाई-इन्ड गेमिङ ल्यापटप, फोरके मोनिटर, लेजर प्रिन्टर, ठूला पावरबैंकहरुमा यसकाे प्रयोग हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१