close

नाफा कमाउने उद्देश्यले टेलिकमले कुनै सेवा चलाएको छैन : प्रवक्ता जोशी

टेकपाना टेकपाना

जेठ १५, २०७८ १४:३०

नाफा कमाउने उद्देश्यले टेलिकमले कुनै सेवा चलाएको छैन : प्रवक्ता जोशी

काठमाडौं । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले नाफा कमाउने उद्देश्यले टेलिकमले कुनै सेवा नचलाएको बताएका छन् । देशमा दूरसञ्चार सेवाकाे विस्तारका लागि सय वर्ष इतिहास बाेकेकाे टेलिकमले नाफामूलक क्षेत्रमा मात्रै सेवा उपलब्ध नगराउने उनकाे भनाइ छ ।

टेकपाना मिडियाको आयोजनामा शनिबार भइरहेकाे दूरसञ्चार नीतिगत श्रृंखलाअन्तर्गत अन्तर्क्रिया कार्यक्रममा बाेल्दै प्रवक्ता जाेशीले टेलिकमले तराईका फाँटदेखि हिमाली जिल्लासम्म सेवा विस्तार गरिरहेकाे जानकारी दिए ।

‘एउटै प्रविधि होइन, अनेक प्रविधिबाट हामीले सेवा दिइरहेका छौं । भिस्याट वा सीडीएमएबाट ग्रामीण र दुर्गम क्षेत्रमा सेवा दिँदा त्यसको लागत निकै चर्को पर्न आउँछ,’ उनले भने ।

उनले अगाडि भने, ‘जहिले पनि सामान खरिद गर्दा टेन्डरमार्फत खरिद गर्नुपर्ने हुन्छ । प्राय: दूरसञ्चार उपकरण बाहिरबाटै ल्याउनुपर्ने हुन्छ । त्यसरी आयोजनाको अवधिभित्र कति खर्च निस्किन्छ भन्ने हेर्छौं । त्यसै आधारमा न्यूनतम नाफा राखेर हामीले मूल्य निर्धारण गर्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३