पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरे ५ वर्ष नवीकरण शूल्क र सडक दस्तुर छूट
जेठ १५, २०७८ १७:१४
काठमाडौं । पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले ५ वर्षसम्म नवीकरण शूल्क छूट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार यस्ता सवारीसाधनलाई सडक मर्मत सम्भार दस्तुर समेत छूट दिइनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
