close

विश्वासले फरक पार्छ

टेकपाना टेकपाना

जेठ १८, २०७८ १२:३२

विश्वासले फरक पार्छ


हालका केही महिना विश्व एक असाधारण चुनौती, अनिश्चितता र जटिलता सामना गरिरहेको छ । एउटा महामारीले विश्वलाई सखाप पारेको छ र हाम्रो जीवनका प्रायः सबै क्षेत्रहरूमा असर गरेको छ ।

हाम्रो पहिले जस्तै यात्रा गर्ने, काम गर्ने र खेल्ने निजी स्वतन्त्रता परिवर्तन भएको छ । अर्थव्यवस्था संचालन गर्ने तरिकामा पनि प्रभाव पारेको छ । रिमोट वर्किङले रातारात सामान्य रुप लिन पुगेको छ । वास्तवमा डिजिटलीकरणका सबै प्रकारहरू तीव्र भएका छन् । अर्थव्यवस्थाको यो डिजिटलीकरणको महत्वलाई कम आँक्न सकिदैन ।

न्यू नोर्मले विश्वास निर्माण गर्न र यसलाई कायम राख्नमा थप मूल्य र बल दिएको छ, जसले सहयोगी कार्य र इनोभेसनको आधार प्रदान गर्दछ । वास्तवमा, हामी सबैलाई जोडेर राख्ने विश्वास नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मलाई लाग्छ सामाजिक आदर्श र प्रविधिबीचको अन्तरक्रिया अर्को दशकसम्मको आर्थिक विकासको मुख्य चालकहरु मध्ये एक हुनेछ ।

यो इन्टरफेस दुई तरिकाले समावेश छ । समाज र प्रविधि समावेश गर्ने इन्टरफेसको पहिलो तरिकाले कसरी हामी डिजिटल प्रविधि र त्यसको प्रयोगको विनियमन गर्न सक्छौं भन्नेमा प्रकाश पार्दछ । दशकौंसम्म विश्वभर आर्थिक बृद्धि गर्न डिजिटल प्रविधिको पूर्ण रूपमा अतुलनीय सम्भाव्यता छ ।

तर यी प्रविधिको अनियमित उपयोगले समृद्धि र स्वतन्त्रतालाई दीर्घकालीन बनाउँदैन । तदनुसार, सरकार र नियामकहरूले विश्वव्यापी सिद्धान्त–निर्देशित विधायिकी फ्रेमवर्कहरू निर्माण गर्न सँगै काम गरिरहेका छन् । जसले उपयुक्त विकास र प्राविधिक आविष्कारहरूको प्रयोगलाई अनुमति दिन्छ र प्रोत्साहित गर्दछ ।

जब हाम्रो अर्थव्यवस्था अधिक डिजिटल हुन्छ, त्यसले डेटाको विशाल तलाउ उत्पन्न गर्दछ । जुन प्रसारण, भण्डारण, प्रशोधन र पुनः प्राप्त गरेको हुनु पर्दछ । यस प्रविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुमति दिने नियमहरू आवश्यक छन् । जुन द्रुत रूपमा विकसित हुन जरुरी छन् ।

सही दृष्टिकोण अपनाउने कुरामा निरन्तर छलफल भइरहेको छ । अझै पनि विभिन्न विषयको जोखिम हेर्दा नीति निर्माता र सरकारले इनोभेसनका कारण पछाडि नपर्न द्रुत गतिमा अघि बढ्नु आवश्यक छ । यस सम्बन्धमा जर्मनीको हालैको आईटी सुरक्षा ऐन २.० ले उत्कृष्ट उदाहरण दिएको छ ।

यसले पूर्वाधारको आईटी सुरक्षा सुधार गर्न स्पष्ट कानुनी रूपरेखा र एउटा ठोस आधार प्रदान गरेको छ । यसको मतलब त्यहाँ सबै प्रदायकहरूको विकासका लागि उच्च र अधिक समान सुरक्षा मापदण्ड हुनेछन् । यो स्पष्टता विश्वासको महत्वपूर्ण घटक हो, जसलाई हामीले प्रोत्साहन गर्न आवश्यक छ ।

समाज र प्रविधिबीच इन्टरफेस देख्न सकिने दोस्रो तरिका भनेको हामीले अपनाउने मापदण्ड हुन् । विश्वव्यापी अर्थव्यवस्था एक हदसम्म एकआपसमा जडिएको छ । जुन एक पुस्ता अघिसम्म अकल्पनीय लाथ्यो । अब आउने पुस्तामा, विश्व अर्थव्यवस्था निसन्देह अधिक जटिल र डिजिटल हुनेछ । यसले नयाँ विश्व अर्थतन्त्रको सफलतामा साझा मापदण्डमा निर्माण गर्नेछ ।

वास्तवमा मापदण्ड स्थापना बजारको गठन र विकासका लागि मात्र अनुकूल नभई. यो उपभोक्ता संरक्षणको प्रमुख कारक पनि हुन पुगेको छ । प्रतिस्पर्धी बिना ह्वावे जस्तै एक कम्पनी राम्रो हुन सक्छ । तर यदि सबै उत्पादनहरू ह्वावेको स्वामित्वमा रहेको प्रविधिको प्रयोग गर्ने हो भने यो उपभोक्ताहरुका लागि एक पूर्ण विपत्तिको स्थिति हुनेछ ।

मापदण्डले प्राविधिक रुपमा एक अर्कासँग प्रतिस्पर्धा गर्न निर्माताहरूलाई बाध्य पार्दछ । प्रविधिको प्रारम्भिक दिनदेखि विकास लगभग विश्वव्यापी प्राविधिक मापदण्डहरुको आत्मसाथबाट संचित छ । तिनै मापदण्डले हाम्रा लागि भ्वाईस र टेक्स्ट सेवाहरू ल्याएको छ । जसले संसारलाई मोबाइल इन्टरनेट प्रदान गरेको छ र हामीलाई डेटा युक्त सेवा र स्ट्रिमिङ सामग्री मोबाइल उपकरणमा दिएको छ ।

यसले अर्थव्यवस्थामा अझै थप सम्भावनाहरू थप्दै छ, यद्यपी प्रतिस्पर्धाको स्तर पनि उच्च छ । स्ट्यान्डर्ड र नियमहरू समाज र प्रविधि बीचको अन्तरक्रियाको दृश्यात्मक प्रतीक हुन् र तिनले दुई विशेषताहरू देखाउँदछन् । जुन मौलिक रूपमा महत्वपूर्ण छन् ।

विश्वास निर्माण गर्नु तिनिहरुको पहिलो काम हो । दोस्रो यो हो कि तिनीहरू जति धेरै व्यापक रूपमा अपनाइन्छन्, त्यति नै बढी प्रभावकारी हुन्छन् । डिजिटल अर्थव्यवस्थाले एक अर्कासँग कुराकानी गर्ने र व्यापार गर्ने तरिका परिवर्तन गर्छ । जब अन्तर्राष्ट्रिय व्यापार विकास भइरहेको थियो, यसले हाम्रा पूर्वजहरूलाई नयाँ प्राविधिक सीपहरू प्राप्त गर्न र आफ्ना साझेदारहरूलाई विश्वास गर्ने नयाँ तरिकाहरू निर्माण गर्न आवश्यक थियो ।

त्यो आजको डिजिटल अर्थव्यवस्थामा पनि छ । यसले व्यक्तिहरूमा एक अर्कासँग कुराकानी गर्ने र व्यापारिक चासोको साथ विश्वास निर्माण गर्ने तरिकालाई असर गर्नेछ । विश्वका साझा नियमहरु यो विश्वासको निर्माणको एक आवश्यक हिस्सा हुन् ।

जब हाम्रो अर्थव्यवस्था बढ्दो डिजिटल र डेटाबाट संचालित हुन्छ, प्रविधि प्रशासन र डेटा प्रयोगका नियमहरू विश्वव्यापी व्यापारमा गम्भीर रुपमा र रणनीतिक हिसाबले महत्वपूर्ण हुनेछन् । विश्वास निर्माण गर्न आवश्यक छ र मानिसबीच विश्वास निर्माण गर्ने उत्तम तरिका समान ठाउँमा उभिनु नै हो ।

जब हामी “विश्वासले फरक पार्छ“ भन्छौं, यसको अर्थ हामी केवल हाम्रा ब्यापार साझेदारहरूबीचको विश्वासको कुरा मात्र गरिरहेका छैनौं । ता कि प्रयोगकर्ताहरूले प्रयोग गर्ने प्रविधिमा पनि विश्वास गर्नुपर्दछ । एक प्रविधि राम्रोसँग नियमनमा छ भन्ने ज्ञान त्यो प्रविधिमा विश्वास गर्ने दिशामा महत्वपूर्ण पहिलो चरण हो ।

यद्यपि केवल साधारण नियमहरू, जुन व्यापक रूपले सार्वजनिक गरिन्छऽ त्यसले मात्र प्रविधि अपनाउने व्यापक विश्वासको निर्माण गर्दछ । विश्वव्यापी प्राविधिक मापदण्डहरू पनि विश्वास निर्माण गर्न गम्भीर रूपमा महत्वपूर्ण छन् । किनकि तिनीहरूले सेवा र उत्पादनहरूलाई ठूलो बजारमा सजिलो गरी विस्तार गर्न अनुमति दिन्छन् ।

नतिजाको रूपमा, व्यक्तिहरू कुनै पनि अवरोध बिना सीमाना पार गर्न पनि प्राविधिक इनोभेसनहरूमा भर पर्न सक्दछन् । यूरोपियन युनियनको सफलताको थोरै भाग यसको आन्तरिक बजारको संचालनबाट निर्मित छ । तर डिजिटल युगमा आर्थिक विकासको सफलता नियम र मापदण्ड दुवैको व्यापक प्रयोगमा निर्भर हुन्छ ।

यदि एउटा नियमन एकपक्षीय रूपमा अपनाइएको छ र लागु गरिएको छ भने तब केही कम्पनीहरूले सजिलै सम्बन्धित देशसँग व्यापार गर्नबाट टाढिन सक्दछन् । हाम्रो विश्वव्यापी अर्थतन्त्रका सबै भागहरू एक अर्कासँग नजिक भएको कारण नियामक सफलताको लागि उत्तम मार्ग पहिचान गर्न हाम्रो विश्वव्यापी प्रयास हुनुपर्दछ ।

विशेष रूपमा हाम्रो बढ्दो डिजिटल र मोबाइल अर्थव्यवस्थाले सुरक्षा सम्बन्धी विश्वास र संवादमा ध्यान केन्द्रीतको माग गर्दछ । हामीले डिजिटल र साइबर सार्वभौमिकता पारस्परिक रूपमा सम्मान गरिएको सुनिश्चित गर्नुपर्ने हुन्छ । त्यो प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सम्मान गरिएको र त्यो डेटालाई सुरक्षित र व्यवस्थित ढंगले प्रवाह गर्न अनुमति प्रदन गरिएको होस् ।

प्राविधिक इनोभेसन, बढ्दो डिजिटलकरण र बढ्दो उत्पादन जटिलताले सबै आर्थिक साझेदारहरूबीच सहयोग बढाइरहेको छ । बदलामा यसले डेटाको सुरक्षित प्रसारणको आर्थिक महत्वमा थप वृद्धि गर्दछ । यी डेटाको प्रवाह भविष्यको डिजिटल अर्थव्यवस्थाको सप्लाई चेन हुन् र हामीले त्यसको सुरक्षाका लागि सचेत प्रयासहरू गर्नुपर्दछ ।

जसरी विश्वव्यापी सप्लाई चेनले लाखौंलाई गरिबीबाट माथि उठाएको छ, त्यसरी नै डिजिटल अर्थव्यवस्थामा डेटाद्धारा सञ्चालित भ्यालु चेनले विश्वव्यापी समृद्धिमा ठूलो योगदान पुर्‍याउनेछ । यस्तो बेलामा जब विश्वासले पहिले भन्दा बढी महत्व राख्दछ, ह्वावे समृद्ध डिजिटल भविष्यमा यसको योगदानमा गर्व गर्दछ ।

वास्तवमा कम्पनीले विश्वव्यापी डिजिटल र नियामक मापदण्डहरूको सिर्जना गर्ने र अपनाउने सन्दर्भमा विशेष योगदान दिँदै आएको छ । जुन यो विश्वास निर्माण गर्न अत्यन्तै महत्वपूर्ण छ । यी नियम र डेटा मापदण्डले महामारी पश्चातको अर्थव्यवस्थाको विश्वव्यापी समाजलाई बलियो र समृद्ध अर्थतन्त्र निर्माणको सुनिश्चितता मात्र नगरी समृद्धिका लाभहरू पनि व्यापक रूपमा वितरण गर्ने अनुमति दिनेछ ।

जब महामारी आयो, अन्तर्राष्ट्रिय सीमाना र सबै प्रकारका सार्वजनिक स्थलहरु बन्द भए । त्यसले राष्ट्रवादी दृष्टिकोण अपनाउने भयानक प्रलोभन ल्याएता पनि हामीले यस किसिमको प्रलोभनको प्रतिरोध गरेका छौं जस्तो देखिन्छ ।

जसरी हाम्रो समाज फेरि खुल्न थाल्छ र महामारीको पछिल्लो अर्थव्यवस्थामा प्रवेश गर्न थाल्छ, हामी सबैलाई विश्वासले कति फरक पार्छ भन्ने बारे राम्ररी थाहा हुन्छ । विश्वव्यापी ध्यान अब वास्तवमै साझा प्राविधिक मापदण्डहरूको व्यापक आत्मसाथ र देशको मूल्य मान्यतालाई प्रतिबिम्बित गर्ने नियामक र कानूनी रूपरेखामा हुन आवश्यक छ ।

आउँदा वर्षहरूमा विश्वव्यापी अर्थतन्त्रका आवश्यकताहरू पुरा गर्ने आर्थिक वृद्धि अनलक गर्नका लागि आत्मसाथ गर्नु आवश्यक छ । यी साझा सिद्धान्तहरूले विश्वासको आधार तयार गर्नेछन् । जसमा हामी इनोभेट र ग्रो गर्न हाम्रा संयुक्त प्रयासहरू निर्माण गर्नेछौं । यो विश्वास हाम्रो साझा सफलता को आधार हुनेछ । विश्वासले फरक पार्छ ।

लेखक चेन लिफाङ्ग ह्वावेका वरिष्ठ कर्पोरेट उपाध्यक्ष र बोर्ड निर्देशक हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३