काठमाडाैं । नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले आईफोनमा पनि यस्ताे सचारू गरिएकाे जानकारी दिएका छन् ।
अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई चल्ने भएपनि आईफोनमा भने एसएमएसको समस्या आएको थियो । एप्पलको कमर्सियल टिमले रेस्पोन्स नगरेपछि टेलिकमले सोझै एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो ।
सोही ईमेलको जवाफ दिँदै टिमकुकले समस्या समाधानका लागि विज्ञ टोलीलाई जिम्मा दिएको जानकारी गराएका थिए ।
यसअघि नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । पछि एप्पलले प्याच पठाएर उक्त समस्याको समाधान गरेको थियो ।
नेपाल टेलिकमको VoLTE सेवा अब iPhone मा पनि उपलब्ध छ । सेवा सुचारु गर्न *444# Dial गर्नुहोस र iPhone का ग्राहकहरुले निशुल्क VoLTE कल सुबिधा लिन 1444 Dial गर्नुहोस। थप जानकारीको लागि https://t.co/Vf0aoBtpudhttps://t.co/pA5xyAJvTa