काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले एफवान सफ्टसँगको सहकार्यमा स्मार्टफोन लोन सेवा सञ्चालन गरेकाे छ । याे सेवा अन्तर्गत ग्राहकहरुले बैंककाे सिटिजन्स स्मार्ट एपबाट अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेयरले गर्नेछ ।
आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ र यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।