close

एसियाली प्रयोगकर्तालाई हार्मोनी ओएसको नयाँ अपडेट

टेकपाना टेकपाना

जेठ २१, २०७८ १३:२१

एसियाली प्रयोगकर्तालाई हार्मोनी ओएसको नयाँ अपडेट


काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ह्वावेले निमार्ण गरेको अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ को अपडेटेड भर्सन अर्थात् २.० सार्वजनिक भएको छ । योसँगै कम्पनीले अब स्मार्टफोनलगायत आफ्ना विभिन्न उत्पादनमा अपरेटिङ सिस्टमको रुपमा हार्मोनी ओएस प्रयोगमा ल्याउने भएको छ ।

यसअन्तर्गत कम्पनीले हाल एसियाली मुलुकका प्रयोगकर्तालाई हार्माेनी ओएसको नयाँ भसर्न उपलब्ध गराउने भएको छ । मंगलबार कम्पनीले विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो अपरेटिङ सिस्टमको नयाँ भसर्न सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममार्फत पी ५० सिरिजको स्मार्टफोन सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको भएतापनि कुनै उत्पादन भने सार्वजनिक भएन । तर, कम्पनीले सफ्टवेयरतर्फ आफ्नो अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।

अमेरिकाले गुगलको उत्पादन एन्ड्रोइड प्रयोगमा प्रतिबन्ध लगाएसँगै गत वर्षबाटै कम्पनीले आफ्नै ओएस निमार्णमा काम गर्दै आएको थियो । त्यहीअनुसार कम्पनीले गर्त वर्ष नै प्रयोगकर्तालाई एन्ड्रोइडमा आधारित हार्मोनी उपलब्ध गराएको थियो ।

अब भने कम्पनीले पूर्ण रुपमम आफ्नै प्लेटफर्म तयार पारेको छ, जुन स्मार्टफोनका लागि मात्रै नभएर इन्टरनेट कनेक्डेट सम्पूर्ण डिभाइसमा ओएसको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

ओपन सोर्सको रुपमा हार्मोनी ओएस सार्वजनिक भएको हाे । यसको प्रयोग अन्य कुनै पनि कम्पनीले गर्नसक्ने जनाइएको छ । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म ३० करोड डिभाइसमा हार्मोनी ओएसको नयाँ भर्सन उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३