काठमाडौं । ट्वीटरबाट आम्दानी गर्न कम्पनीले नयाँ सेवा सुरू गरेकाे छ । कम्पनीले हालै ‘ट्वीटर ब्लु’ नामकाेसब्सक्रिप्सन सर्भिस ल्याएकाे हाे ।हाल ट्वीटरमा उपलब्ध सेवाभन्दा थप परिष्कृत भर्सनको रुपमा कम्पनीले यो सेवा सुरु गरेको हो ।
यसअन्तर्गत प्रयोगकर्ताले आफूले गरेको ट्वीटमा कुनै समस्या भएको खण्डमा सच्याउन मिल्ने, अन्डु ट्वीट बटन, बुकमार्क, रिडर मोड लगायतका फिचर प्रयाेग गर्न पाउनेछन् ।
याे सब्सक्रिप्सन सर्भिस विशेषगरी कर्पोरेट हाउस, सेलिब्रेटी, राजनीतिज्ञ लगायत धेरै फलोअर भएका व्यक्ति र धेरै ट्वीट गर्ने प्रयाेगकर्ताका लागि लक्षित छ । त्योभन्दा पनि कम्पनीले आफ्नो आम्दानीको माध्यमलाई विस्तार गर्ने योजनाका साथ यो सेवा ल्याएकाे हाे ।
ट्वीटरको प्रयोगकर्ता ठूलो संख्यामा भएता पनि कम्पनीले यसबाट फेसबुकले जस्तो ठूलो आम्दानी गर्न सकिरहेको छैन । यस्तोमा कम्पनी पछिल्लो सयम आम्दानीको विभिन्न विकल्पमा काम गरिरहेको छ । त्यहीअनुरुप याे सेवा ल्याइएकाे हाे ।
यो सेवा पहिलो चरणमा क्यानडा र अष्ट्रेलियाबाट सुरु भएको छ । जहाँ यो सेवाको मासिक शुल्क ३.४९ क्यानेडियन डलर र ४.९९ अष्ट्रेलियन डलर रहेको छ । अमेरिका र बेलायतमा यसको मूल्य क्रमश: २.९९ डलर र २.४९ यूरो हुने आँकलन गरिएको छ ।
अन्य मुलुकमा पनि याे सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।