close

गर्ल्स इन टेकको नेपाल च्याप्टर खुल्दै

टेकपाना टेकपाना

मंसिर २३, २०७६ १५:९

गर्ल्स इन टेकको नेपाल च्याप्टर खुल्दै

गर्ल्स इन टेकको नेपाल च्याप्टर खुल्ने भएको छ । सूचना प्रविधिको क्षेत्रमा शक्रिय महिलाहरुको अन्तरराष्ट्रिय सञ्जालको रुपमा रहेको गर्ल्स इन टेककाे सञ्जाल नेपालमा समेत विस्तार हुने भएको हो ।

आउँदो ५ पुसमा काठमडौंमा आयोजना हुने ‘मीट एण्ड ग्रीट’ नामक कार्यक्रमका साथ विश्व सञ्जालसँगको आवद्धताको घोषणा हुने आयोजकले जनाएको छ । यस कार्यक्रमबाट सूचना प्रविधि क्षेत्रमा क्रियाशिल महिलाहरुलाई आपसमा एकजुट हुनका साथै अपसी संवाद गर्दै सञ्जाल मार्फत आफ्नो प्रतिभा उजागर हुने मौका समेत मिल्ने अपेक्षा गरिएको छ ।

ज्ञानकाे दायरा विस्तार गर्ने उद्देश्यका साथ नेपालमा गर्ल्स इन टेकको च्याप्टरको सुरुवात गर्न लागिएको अभियान्ता अञ्जनि फुयाँलले जानकारी दिए । ‘आउँदो २१ डिसेम्बरमा बिहान ११ बजेदेखि १ बजेसम्म कार्यक्रमको आयोजना हुन गइरहेको छ,’ कार्यक्रमबारे जानकारी दिँदै उनले भने ।

फरक फरक पृष्ठभूमीका करीब दुई सय महिलाहरुलाई कार्यक्रममा सहभागी गराउने आयोजकको लक्ष छ । गल्र्स इन टेक (प्रविधिमा महिला) नामक सञ्जाल अन्तरगत विश्वव्यापी ४७ ओटा च्याप्टर रहेका छन् । विभिन्न ३३ ओटा देशमा रहेका ती च्याप्टर मार्फत ६२ हजार सदस्यमा यो सञ्जालले आफ्नो प्रभाव छाड्न सफल भइसकेको बताइएकाे छ । सन् २००७ मा स्थापना भएको गर्ल्स इन टेकको मूख्यालय अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३