close

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिनटेक सम्मेलन हुँदै

टेकपाना टेकपाना

मंसिर २४, २०७६ ९:२७

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिनटेक सम्मेलन हुँदै

नेपालमा पहिलो पटक वित्तीय प्रविधि सम्बन्धि सम्मेलन हुने भएको छ । यही मंसिर २७ र २८ गते काठमाडौंको हायात रिजेन्सी होटलमा दुई दिने नेपाल फिन टेक समिट हुने भएको हो ।

कार्यक्रमको आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा रहेकाे समिटका अध्यक्ष मिलनराज नेपालीले जानकारी दिए । युनाइटेड बिजनेस कम्लायन्सको आयोजनामा सम्पन्न हुने सम्मेलनमा नेपाल राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बाेर्ड लगायतका नियामक निकाय, बै‌किङ क्षेत्र, बिमा क्षेत्र, भुक्तानी सेवा प्रदायक, सफ्टवेयर कम्पनी, सरकारी कार्यालय, अनुसन्धानकर्ता तथा विद्यार्थी सहित करीब दुई सय जनाको सहभागिता रहने जनाइएको छ ।

अध्यक्ष नेपालीका अनुसार सम्मेलनमा सहभागी हुन चाहनेहरुले समिटको वेबसाइटमार्फत रजिस्टर गराउन सक्नेछन् । सम्मेलनका क्रममा मूख्यतः नियमनकारी प्रविधि, कार्ड तथा पेमेन्ट, विद्युतीय भुक्तानी, साइबर सुरक्षा, ब्लक चेन प्रविधि, बिग डेटा, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स प्रोसेस अटोमेसन लगायतका विषयमा छुट्टा छुट्टै सेसनहरु रहनेछन् । आयोजकका अनुसार ती सेसनहरु अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुले सञ्चालन गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३