close

आईफोनमा यसरी चलाउनुहोस् टेलिकमको भीओएलटीई सेवा (भिडिओ टिप्स)

टेकपाना टेकपाना

जेठ २८, २०७८ १२:३८

आईफोनमा यसरी चलाउनुहोस् टेलिकमको भीओएलटीई सेवा (भिडिओ टिप्स)

काठमाडाैं । नेपाल टेलिकमको भीओएलटीई सेवा अब आईफोनमा पनि उपलब्ध भएकाे छ । कम्पनीका अनुसार आईफोन सिक्स यताका प्रायः टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्न सकिन्छ । तर यदि तपाईंले प्रयोग गरिरहेको आईफोन चीन, जापान वा अमेरिकाका लागि मात्रै बनाइएको सेट हो भने यो सेवा चल्ने छैन । अर्थात् ग्लोबल भर्सनका सेटहरुमा यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

कसरी लिने सेवा ?

सुरुमा आफ्नो आईफोनमा *444# डायल गर्नुहोस् र सिममा भीओएलटीई एक्टिभ गराउनुहोस् । अब फोनको सेटिङबाट सेलुलरहुँदै सेलुलर डेटा अप्सन>भ्वाइस एन्ड डेटा>सेलेक्ट एलटीईमा गएर त्यसको तल रहेको इनेबल भीओएलटीई अन गर्नुहोस् ।

यदि भीओएलटीई इनेबल गर्ने अप्सन छैन भने सोच्नुहोस्, तपाईंको आईफोनमा टेलिकमको भीओएलटीई सपोर्ट छैन । सम्भवतः आईओएसको अर्को अपडेटमा यसको समाधान आउनेछ । तर याद राख्नुहोस्, एन्ड्रोइडमा जस्तो आईफोनमा माथि भीओएलटीई लेखिएको देखिन्न, भीओएलटीई चलेको अवस्थामा समेत माथि तपाईंले फोरजीको संकेत मात्र देख्न सक्नुहुनेछ ।

अब १४४४ मा डायल गर्नुहोस् । यो नम्बरमा डायल गर्दा तपाईंको आईफोनमा भीओएलटीई चलेको छ कि छैन भनेर यकिन हुनेछ । यदि चल्छ भने प्राप्त निर्देशनअनुसार अंक १ थिच्नुहोस् र निःशुल्क १०० मिनेट भीओएलटीई कल सेवा प्राप्त गर्नुहोस् ।

आईफोनका यी सेटहरुमा चल्छ टेलिकमको भीओएलटीई

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१