close

भोलिदेखि नेपाली बजारमा ‘रेड्मी नोट १० एस’, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

असार ३, २०७८ १३:२६

भोलिदेखि नेपाली बजारमा ‘रेड्मी नोट १० एस’, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नेपाली बजारमा भोलि साओमीको रेड्मी नोट १० एस सार्वजनिक हुने भएको छ । पछिल्लो समय एकपछि अर्को स्मार्टफोन भित्र्याइरहेको कम्पनीले रेड्मी लाइनअपमा मिडरेञ्जको स्मार्टफोन ल्याउन लागेको हो ।

६.४३ इन्चको एमोलेड डिस्प्ले (१०८० २४०० पिक्सेल) रहेको फोनमा स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास थ्री रहेको छ ।

एन्ड्रोइड ११ मा आधारित फोन मिडियाटेक हेलियो जी९५ चिपसेटले सञ्चालित छ । यो फोन ६/६४ जीबी, ६/१२८ जीबी र ८/१२८ जीबी गरी तीन स्टाेरेज भेरियन्टमा उपलब्ध छ ।

फोनको पछाडि चार वटा क्यामेरा सेटअप छ, जसअन्तर्गत ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलकै डेप्थ सेन्सर रहेको छ । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामेरा छ ।

फोनमा रहेको ५ हजार एमएएचको ब्याट्रीका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य भोलि नै सार्वजनिक गर्नेछ । छिमेकी देश भारतमा यो फोनको मूल्य १४,९९९ भारुबाट सुरु हुने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१