close

हरेक वर्ष १ महिनाको पेन्सन आविष्कार केन्द्रलाई दिने पूर्व डीआईजी सुब्बाको घोषणा

टेकपाना टेकपाना

असार ८, २०७८ ११:३०

हरेक वर्ष १ महिनाको पेन्सन आविष्कार केन्द्रलाई दिने पूर्व डीआईजी सुब्बाको घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिब सुब्बाले हरेक वर्ष १ महिनाको पेन्सन राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन् । सूचना प्रविधि विज्ञसमेत रहेका सुब्बाले आविष्कार केन्द्रले सञ्चालन गरेका परियोजनाका लागि हरेक वर्ष एक महिनाको पेन्सन दिने भएका हुन् ।

सुब्बाले मंगलबार निवृत्तिभरणबापत प्राप्त रकम २७,८८२ रूपैयाँ आविष्कार केन्द्रको खातामा जम्मा गरेका छन् । कोरोना महामारीका बेला विभिन्न प्रविधि विकास र सहजीकरण गरिरहेको आविष्कार केन्द्रका लागि देशविदेशबाट सहयोग संकलन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६