close

वर्षात्‌मा यसरी वाटरप्रुफ बनाउनुहोस् आफ्नो स्मार्टफोन

टेकपाना टेकपाना

असार ८, २०७८ १९:४

वर्षात्‌मा यसरी वाटरप्रुफ बनाउनुहोस् आफ्नो स्मार्टफोन

काठमाडौं । वर्षात्‌को समय चलिरहेकाे छ । यस्तो अवस्थामा घरबाट बाहिर जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा फोनको ख्याल राख्नुपर्ने हुन्छ, किनभने तपाईंको फोन वाटरप्रुफ छैन ।

अन्यथा तपाईंको फोन पानीकै कारण बिग्रिन सक्छ। यद्यपि फोनलाई केही टिप्स तथा सामग्रीबाट वाटरप्रुफ बनाउन सक्नुहुन्छ ।  

१. वाटरप्रुफ केस

कतिपय अवस्थामा सुरक्षित राख्न खोज्दा खोज्दै फोनमा पानी छिर्न पुग्छ । यस्तो अवस्थामा, प्रयोगकर्तासँग स्मार्ट कभर हुन जरुरी छ, जसले फोनलाई वाटरप्रुफ बनाइदिन्छ । हामीले यहाँ जुन कभरको कुरा गरिरहेका छौं, त्यसले वर्षात्‌को समयमा फोनलाई पूर्णत सुरक्षित राख्न सक्छ । यस्ता वारप्रुफ केसहरू हार्ड र सफ्ट गरी दुवै स्वरुपमा पाउन सकिन्छ ।

यस्ता कभरको खास विशेषता भनेको फोन प्रयोग गर्दासमेत सहज महसुस हुन्छ । स्मार्टफोनका साथै फिचरफोनमा समेत यसको प्रयोग गर्न सकिन्छ । तपाईं आफ्नो फोन यो कभरहरूमा राखेर वर्षात्‌मा भिज्न तथा स्विमिङ पुलमा जान समेत सक्नुहुन्छ । फोनको कुनै पनि भागमा पानी जान नसकोस् भन्ने हिसाबले यस्ता केसको डिजाइन गरिएको हुन्छ ।

यी केसहरुको मूल्य चार सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म पर्न जान्छ । यी केसहरूमा स्मार्टफोनलाई सजिलै प्रयोग गर्न सकिन्छ । जसमा सबै प्रकारका बटनहरू, नियन्त्रण र फोनका पोर्टहरूमा समेत पहुँचको व्यवस्था गरिएको हुन्छ । वाटरप्रुफ हुनुका साथै यस्ता केसहरुले फोनमा चोट लाग्न तथा धुलोमाटो टाँसिनबाट समेत  जोगाउँछन् ।

तर यो वाटरप्रुफ कभर वर्षात्‌को समयमा मात्र प्रयोग गर्न सकिन्छ । अरु समयमा फोनलाई यसबाट निकालेर प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता कभरको राम्रो पक्ष मात्र छैन, केही नकारात्मक पक्ष पनि छन् । यदि कभर कडा सामग्रीबाट बनेको छ भने फोनलाई भारी बनाउन सक्छ । साथै आकार  ठूलो हुँदा खल्तीमा राख्नसमेत त्यति सहज हुनेछैन । यसले कलको आवाज पनि कम सुनिन्छ ।

२. नानो कोटिङ (वाटर रेसिस्टेन्स)

नानो कोटिङ एक प्रकारको हाइड्रोफोबिक तरल पदार्थ हो, जसले फोनको सतहमा पानीलाई अडेर बस्न दिँदैन । यो वाटरप्रुफ विद्युतीय सामग्रीहरूमा प्रयोग गरिन्छ, ताकि पानीलाई डिभाइसभित्र जानबाट रोक्न सकियोस् ।

यसले फोनलाई पूर्णरुपमा वाटरप्रुफ भने बनाउँदैन । तर यसले हल्का वर्षा तथा पानीको थोपाबाट भने जोगाउन सक्छ । नानो कोटिङलाई हलुकासँग रगडेर सहजै फोनबाट हटाउन सकिन्छ ।

यसको मूल्य ८०० देखि एक हजार रुपैयाँसम्म पर्न जान्छ । नानो कोटिङको प्रयोगबाट फोनमा कुनै पनि किसिमको क्षति पुग्दैन । फोनको स्क्रिनमा यसलाई लगाउँदा समेत फोनले सामान्य अवस्थामा जस्तै काम गर्न सक्छ ।

नानो कोटिङ लगाएर फोनलाई पानीमा डुबाउनु गल्ती भने नगर्नुहोस् । यसले फोनलाई चोटपटक लाग्नबाट बचाउन पनि सक्दैन । साथै स्क्रीनमा यसको प्रयोगले ब्राइटनेस समेत कम हुन पुग्छ ।

तर पनि पानीका थोपा तथा धुलोबाट यसले फोनलाई जोगाउन सक्छ । राम्रो गुणस्तरको कोटिङको आयु ६ महिनासम्म हुन्छ ।

३. वाटरप्रुफ फोन स्किन

फोनलाई वाटरप्रुफ बनाउने यो सस्तो तरिका हो । वाटरप्रुफ फोन स्किन पातलो टाँसिने फिल्म हो, जसलाई फोनमा सोझै लगाउन सकिन्छ ।  मोबाइलमा फोन स्किन लगाइसकेपछि, पछाडितर्फबाट ढाक्नुपर्ने हुन्छ । यद्यपि यो स्थायी समाधान भने होइन र केहि दिनका लागि मात्र यसको प्रयोग गर्न सकिन्छ। यसको मूल्य तीन सयदेखि तीन हजार रुपैयाँसम्म पर्न जान्छ ।

यो सस्तो छ र कुनै पनि फोनमा प्रयोग गर्न सकिन्छ । तर फोन चार्ज गर्दा भने स्किनलाई हटाउनुपर्छ । फोनको आवाजको गुणस्तर त्यति राम्रो नसुनिन सक्छ । सीमित समयका लागि मात्र प्रयोग गर्न सकिने यसको अर्को नराम्रो पाटो हो ।

तर यसले दैनिक रुपमा फोनलाई तरल पदार्थबाट हुनसक्ने क्षतिबाट जोगाउँछ । साथै फोनमा धुलो र फोहोर टाँसिनसमेत दिँदैन ।

याे पनि पढ्नुहाेस् : मोबाइलमा पानी पस्दा के गर्ने ? थाहा पाइराख्नुस्, अप्ठ्यारोमा काम लाग्छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६