काठमाडाैं । इन्टरनेटको दायरा बढेसँगै दैनिकरुपमा आउने नयाँ-नयाँ सामग्रीलाई कसरी व्यवस्थापन गर्ने अथवा आफूलाई सुसूचित कसरी बनाइराख्ने भन्ने विषय चुनौतीको विषय बनेको छ ।
यसको समाधानका लागि मानिसहरू हरेक दिन केही निश्चित वेबसाइटहरु भिजिट गर्ने, गुगलमा आफ्नो इच्छाएको विषयमा सर्च गर्ने अथवा सामाजिक सञ्जालहरुबाट आफूलाई अपडेट गराउने गर्दछन् । यसको समाधानको लागि आज पनि प्रयोगमा आउनसक्ने एउटा माध्यम हो “आरएसएस फिड” (RSS Feed) ।
के हो आरएसएस फिड ?
अनलाइनमा आफूले चाहेको सामग्री मात्र पढ्नको लागि मद्दत गर्ने एउटा प्रविधि हो आरएसएस फिड अर्थात रियली सिम्पल सिन्डिकेशन । अन्य थुप्रै प्रविधिहरुको बीचमा पनि आरएसएसको प्रभाव अहिले पनि उत्तिकै छ । सामान्य भाषामा बुझ्दा आरएसएसले सूचना सिन्डिकेट गर्ने काम गर्दछ । आरएसएस एउटा टेक्स्ट फाइल हो जसले इन्टरनेटमा आएका सामग्रीहरुलाई स्वत: अपडेट गरेर पाठकहरुको लागि आफूले चाहेको सामग्री मात्र पढ्न मद्दत गर्दछ ।
आरएसएस फिडले इन्टरनेट सामग्री स्वत: रुपमा अपडेट गरेर नयाँ सामग्रीहरूरु प्रयोगकर्तामाझ पुर्याउने काम गर्दछ । यस प्रविधिमार्फत इन्टरनेट प्रयोगकर्ताले आफ्ना अनलाइन सामग्रीहरु आफूले नियमित चलाउने वेबसाइटहरुबाट आफू अनुकूल अपडेट गर्न सक्छन् ।
के आरएसएस फिड प्रविधि अझै पनि प्रयोगमा छ ? आरएसएस फिड आज पनि प्रयोगमा चाहीँ छ तर पहिले जस्तो चर्चित भने छैन । फेसबुक, ट्विटर, लिंक्डइन जस्ता सामाजिक सञ्जालहरुले नयाँ सामग्रीहरुको जानकारी दिनको लागि साइट फलो गर्ने न्युज फिड अपडेट गर्ने लगायतका अप्सनहरु दिएको हुन्छ । त्यसैगरी गुगल न्युजमा आफूले रुचाएको क्षेत्रको समाचार तथा जानकारीहरु रोज्न पाउने सुविधा दिएको छ ।
यसले गर्दा पछिल्ला केही वर्षहरुमा आरएसएस प्रविधि प्रयोगमा कमि भने पक्कै आएको छ । अनलाइन ब्राण्डहरु अचेल सामाजिक सञ्जाल मार्फत आफ्ना सामानहरुको बजारिकरण गर्ने गर्छन्, र सायद अब उनीहरुसँग आफ्नो समाग्रीलाई आरएसएस फाइलमा कन्भर्ट गर्ने फुर्सद पनि छैन । गुगलले पनि आरएसएस फिड प्रविधिलाई सपोर्ट गर्न छोडिसकेको छ ।
कसरी आरएसएस फिडले जीवन सहज गर्न मद्दत गर्दछ ? सूचना प्राप्तीको लागि अन्य थुप्रै माध्यमहरु भए पनि आझ पनि नयाँ सामग्रीहरुको विषयमा गहिराईमा गएर जानकारी पाउनको लागि आरएस एस नै उपयुक्त छ । यदि तपाईं कुनै साइटमा एकदमै धेरै आकर्षित हुनुहुन्छ र यसले दिने हरेक सामग्री, सूचनाहरुको बारेमा जान्न चाहनुहुन्छ भने आज पनि आरएसएस एउटा उत्कृष्ट माध्यम हुनसक्छ ।
यद्यपि यसले सबै साइटहरुमा काम गर्न भने सक्दैन । यति हुदाँ हुदैँ पनि उपलब्ध साइटहरुको विशिष्ट जानकारीको लागि भने यो उपयुक्त छ ।
त्यसैगरी आरएसएस फिड पढ्नको लागि एकदम सजिलो छ भने यसले तपाईं अनलाइन नभए पनि तपाईंलाई नयाँ सूचनाबारे अपडेट गराइरहन्छ । यसर्थ आरएसएस फिड एउटा लाभदायी प्रविधिको रुपमा विकास भएको छ ।
फिड रिडरका प्रकारहरु
बजारमा धेरै प्रकारका फिड रिडरहरु छन्, ती मध्य केही चर्चित फिड रिडरहरु यहँ उल्लेख गरिएको छ :
फिड रिडर फिड रिडर एउटा सामान्य रिडर हो, जसले आधारभुत प्रविधिरुको प्रयोग गरेर सूचनालाई छान्न, संकलन गर्न र अपडेट गर्न सजिलो बनाइदिन्छ । आरएसएसमा साइन अप गर्नुपूर्व यसले तपाईंको आरएसएस फिड कस्तो देखिन्छ भनेर हेर्न मद्दत गर्दछ र यदि तपाईंलाई त्यो फिड मनपरेन भने त्यसलाई परिवर्तन गर्न पनि सहयोग गर्दछ ।
फिडली फिडली विशेषगरी मनोरन्जन र व्यवसायिक दुबै प्रयोजनको लागि प्रयोग हुन्छ । उदारहणको लागि यसले तपाईंको व्यावसायिक प्रतिस्पर्धीहरुमा निगरानी राख्न पनि मद्दत गर्दछ । यसमा विभिन्न विधाहरुका समाचारहरु सहज ढंगले संकलन गरेर राखेको देख्न सकिन्छ भने यसको होम पेजमा नयाँ समाचारहरु देख्न सकिन्छ ।
फिल्पबोर्ड फिल्पबोर्ड राम्रो डिजाइन र मोबाइलमा प्रयोग गर्न सहज भएको कारण पनि प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । आफूले फलो गरेको स्रोतको समाचारहरु पढ्नको लागि भने यो माध्यम एकदमै उपयोगी छ ।
दि ओल्ड रिडर झट्ट सुन्दा यो नाम पुरानो लागे पनि यसले आफ्नो सरलता झल्काउँछ । यो रिडर सजिलै ट्यावलेट, डेस्कटप र मोबाइल डिभाइसहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
आरएसएसले दिने सुविधाहरु मध्यमा अर्को सुविधा भनेको यसले तपाईंलाई सपिङमा पनि सहयोग गर्दछ । यदि तपाईंले कुनै वस्तु खरिद गर्न चाहनु भएको छ भने त्यो वस्तुको बारेमा उपलब्ध जानकारीहरु पाउनको लागि आरएसएस प्रयोग गर्न सकिनेछ ।
आरएसएसले तपाईंलाई सो वस्तुसँग सम्बन्धित नयाँ जानकारीहरुको बारेमा अपडेट गर्न पनि मद्दत गर्दछ । आउने दिनहरुमा आरएसएस फिडले आफ्नो दायरा बढाउदैँ जाने पनि जनाएको छ ।