close

मोबाइलको सहयोगले अभियुक्त पक्राउ

टेकपाना टेकपाना

असार ११, २०७८ ७:३३

मोबाइलको सहयोगले अभियुक्त पक्राउ

काठमाडौं । अपराध अनुसन्धानका लागि पीडित तथा पीडकले प्रयोग गर्ने सूचना प्रविधि उपकरण (मोबाइल) महत्वपूर्ण आधार र साधन बन्ने गरेको छ । यही प्रविधिको सहयोगबाट दक्षिणकाली जङ्गलमा मृत भेटिएकी २७ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख चन्द्रकुवेर खापुङका अनुसार मंगलबार साँझ हत्या घटनास्थल नजिक सम्पर्कमा रहेका मोबाइल फोनको पहिचान गरी अनुसन्धान गर्दा सन्तोषी हत्या घटनामा संलग्न सहचालक २९ वर्षीय सुरेश तिमिल्सेना राजधानीको कमलाक्षीबाट पक्राउ परेका हुन् ।

सिन्धुपाल्चोक चौतारा साँगाचोक घर भई हाल रत्नपार्क–दक्षिणकाली रुटमा चल्ने बसका सहचालक तिमिल्सेनाले चिनजान भएको ८ घण्टामै सन्तोषीको बीभत्स ढंगले हत्या गरेको आराेप प्रहरीको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६