close

गुगल सर्चमा गलत जानकारी फेला परे प्रयोगकर्ताले ‘वार्निङ’ पाउने

टेकपाना टेकपाना

असार १५, २०७८ १२:११

गुगल सर्चमा गलत जानकारी फेला परे प्रयोगकर्ताले ‘वार्निङ’ पाउने

काठमाडौं । गुगल सर्चमा एउटै विषयमा धेरै रिजल्ट (परिणाम) आउँछन् । अझ कतिपय कन्टेन्ट केही सेकेण्डको अन्तरालमा परिवर्तन हुन्छन् । यसरी छिनछिनमा परिवर्तन हुने जानकारीलाई विश्वास गर्न सकिँदैन ।

एउटै जानकारी छिनछिनमा परिवतर्न हुनु भनेको त्यसमा सत्यता नुहुनु हो । त्यसैलाई मध्यनजर गर्दै अब गुगलले त्यस्ता जानकारीको विषयमा प्रयोगकर्तालाई सचेत गराउने भएको छ ।

यसअन्तर्गत सर्च रिजल्टमा अविश्वसनीय कन्टेन्ट देखापरेकाे छ भने गुगलले नै सचेत गराउनेछ । त्यतिमात्रै नभएर, यदि कुनै जानकारी नयाँ छ भने पनि भरपर्दो स्रोतबाट प्राप्त नुहँदासम्म त्यस्ता कन्टेन्टमा प्रयोगकर्तालाई ‘वार्निङ’ दिने जनाइएको छ ।

यो ‘वार्निङ’ फिचर पहिलो चरणमा अंग्रेजी (अमेरिकन) भाषामा मात्रै उपलब्ध हुनेछ । विस्तारै अन्य भाषामा पनि याे फिचर उपलब्ध गराइने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५