close

अब इन्स्टाग्राममा डेस्कटपबाट पनि फोटो पोस्ट गर्न सकिने

टेकपाना टेकपाना

असार १२, २०७८ १८:१७

अब इन्स्टाग्राममा डेस्कटपबाट पनि फोटो पोस्ट गर्न सकिने

काठमाडौं । अब चाँडै प्रयोगकर्तार्ल डेस्कटप कम्प्युटर तथा ल्यापटपमार्फत इन्स्टाग्राममा फोटाे अपलोड गर्न सक्ने भएका छन् । कम्पनीले वेब भसर्नमा पनि फोटाे अपलोड गर्न सकिने फिचरमा काम गरिरहेको जनाइएको छ ।

सामाजिक सञ्जालका परामर्शदाताका रुपमा परिचित माट नाभाराले एउटा स्क्रिनशट सार्वजनिक गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनका अनुसार प्रयोगकर्तालाई इन्स्टाग्राममा नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ कम्पनीले याे फिचर थप गर्न लागेकाे हाे ।

नाभाराले सार्वजनिक गरेको फोटोमा बेवबाट फोटा अपलोड गरी त्यसको रेसियो मिलाउन, फिल्टर गर्न, म्यारामिटर मिलाउन समेत सकिने देखिएको छ ।

यो फिचर हाल बेटा परीक्षणकाे रूपमा केही प्रयोगकर्तालाई उपलब्ध गराइएकाे छ । यसको अर्थ यो फिचर चाँडै सबै प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५