close

नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ४७ लाख (भुल सुधार)

टेकपाना टेकपाना

असार १२, २०७८ २१:४१

नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ४७ लाख (भुल सुधार)

काठमाडौं । टेकपानामा असार १२ गते शनिबार ‘नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ४७ लाख’ शीर्षकमा प्रकाशित समाचारमा वेब ब्राउजर माइक्रोसफ्ट एजको सुरक्षा कमजोरी पत्ता लगाएर नेपाली युवा पंकज ठाकुरले ४० हजार डलर पुरस्कार पाएको भन्ने दाबी स्वतन्त्र पुष्टि हुन नसकेकाले समाचार हटाइएको छ ।

ठाकुरले गरेको दाबी र उनले देखाएका केही प्रमाणलाई आधार मानेर टेकपानाले उक्त समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भइसकेपछि केही साइबर सुरक्षा विज्ञहरुले उक्त दाबी गलत हुन सक्ने तथ्य औंल्याएपछि टेकपानाले पंकज ठाकुरसँग दुई पटक भेट (भौतिक उपस्थितिमा) गर्दै थप प्रमाण माग गरेको थियो ।

तर, ठाकुरले आफ्नो दाबी प्रमाणित हुने थप प्रमाण टेकपानालाई उपलब्ध गराउन नसकेपछि यो समाचार हटाइएको हो । ठाकुरको दाबी गलत हुन सक्ने आधारहरुबारे विभिन्न साइबर सुरक्षा विज्ञहरुसँग पनि छलफलपछि मात्र समाचार हटाउने निर्णयमा पुगेका हौं । अपुष्ट दाबीलाई आधार मानेर टेकपानामा समाचार प्रकाशित भएको प्रति हामी हाम्रा समस्त पाठकसँग क्षमायाचना गर्दछौं र आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रण समेत गर्दछौं ।

–सम्पादक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५