close

प्रभु पे वालेटबाट कम्तीमा ४९ रुपैयाँको कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ जित्ने अवसर

टेकपाना टेकपाना

असार १४, २०७८ १२:५३

प्रभु पे वालेटबाट कम्तीमा ४९ रुपैयाँको कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ जित्ने अवसर

काठमाडौं । नेपालमा पछिल्लो समय अनलाइन प्रणालीबाट आर्थिक कारोबार गर्ने गतिविधि बढ्दो छ । अनलाइन कारोबारमा थप प्रोत्साहन ल्याउन डिजिटल वालेट प्रभु पेले नयाँ योजना ल्याएको छ ।

यसअन्तर्गत प्रभु पे वालेटमार्फत कारोबार गर्दा सामसङ ग्यालेक्सी ए७२ का साथै विभिन्न उपहार जित्ने सकिने अफर अघि सारिएको छ । ‘पे, शेयर एण्ड विन’ नामक याे याेजना तीन महिनासम्म सञ्चालन हुनेछ ।

कारोबारसँगै ग्राहकलाई उपहारसमेत पनि प्रदान गर्ने योजनाका साथ कम्पनीले यो योजना अघि बढाएको हो । यसमार्फत् सक्रिय प्रयोगकर्ताका साथै कारोबार र वालेटमा जोडिनेको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा कम्पनीको छ ।

कम्पनीका अनुसार यो योजनामा सहभागी हुन सबैभन्दा पहिले प्रभु वालेटको केवाईसी भेरिफाइड हुन आवश्यक छ । त्योसँगै प्रयोगकर्ताले एउटा कारोबार अनिवार्य रुपमा गर्नुपर्छ । कारोबारको रकम ४९ रुपैयाँभन्दा बढीकाे हुनुपर्नेछ ।

यो कारोबार यही असार १ गतेदेखि असोज १ काे बीचमा भएको हुनुपर्नेछ । साथै प्रभु पेको फेसबुक पेजमा रहेको यो योजनाको पोस्ट तपाईंले आफ्नो वालमा पब्लिक रूपमा शेयर गर्नुपर्नेछ ।

,त्यसका आधारमा प्रयाेगकर्ताले हरेक १५ दिनमा लक्की ड्रमार्फत एयर बर्ड, स्मर्टवाच, ब्लुटुथ स्पिकर, डिजिटल थर्मस, ट्याब्लेट लगायतका पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै अन्तिम पुरस्कारको रुपमा सामसङ ग्यालेक्सी ए७२ रहेको छ । योजनाको अन्तिम हप्ता लक्की ड्रमार्फत विजेता घाेषणा गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५