काठमाडाैं । चिनियाँ कम्पनी साओमीले भाेलि ‘मि नोटबुक प्रो एक्स’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले चिनियाँ माइक्रोब्लगिङ वेबसाइट वेइबोमा याे फ्ल्यागशिप ल्यापटपका केही फिचरसहित टिजर सार्वजनिक गरेको छ ।
यसअन्तर्गत पछिल्लो इन्टेल प्रोसेसर र एनभिडिया जीफोर्स जीपीयू सहित याे ल्यापटप सार्वजनिक हुने पक्का भएकाे छ । साथै कम्पनीले याे माेडल पातलाे र हलुका रहने संकेत गरेकाे छ ।
साे टिजरअनुसार यो ल्यापटपमा इन्टेलको इलेभेन्थ जेनेरेसन एच३५ चिपसेट (Intel 11-generation H35) रहनेछ । त्यस्तै यसमा एनभिडियाको जीफोर्स आरटीएक्स ३०५०टीआई जीपीयू (GeForce RTX 3050Ti GPU) रहनेछ ।
कम्पनीले आधिकारिक रूपमा अन्य स्पेसिफिकेशसन खुलाएको छैन । चीनबाहिर यो ल्यापटपको उपलब्धता बारे भोलि नै कम्पनीले खुलाउने अनुमान गरिएको छ ।