close

मोबाइल एप प्रयोगकर्ताले ६ महिनामै गरे ७७ खर्ब खर्च

टेकपाना टेकपाना

असार १५, २०७८ २०:५५

मोबाइल एप प्रयोगकर्ताले ६ महिनामै गरे ७७ खर्ब खर्च

काठमाडौं । विश्वव्यापी रुपमा मोबाइल एप प्रयोगमा खर्च गर्नेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०२१ को पहिलो ६ महिनाको अवधिमा एप्पलको एप स्टोर र गुगलको प्ले स्टोरमा एप प्रयोगकर्ताले ६४.९ बिलियन डलर अर्थात् ७७ खर्ब २३ अर्ब रूपैयाँभन्दा बढी खर्च गरेका छन् ।

अनुसन्धान संस्था सेन्सर टावरका अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यी दुई प्लेटफर्मले ५२ बिलियन अमेरिकी डलर आम्दानी गरेका थिए । यो हिसाबले पछिल्लो ६ महिनामा एपमा भएको खर्च हालसम्मकै धेरै हो ।

कोभिड–१९ का कारण पछिल्लो समय अनलाइनमा समय बिताउनेको संख्या बढिरहेको छ । घरमा बस्दा समय बिताउने माध्यम नै मोबाइल भइरहेको अहिलको समयमा एप प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । यस्तोमा पेड भसर्नका एपमा पैसा खर्च गर्नेको संख्या बढिरहेको संस्थाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५