काठमाडौं । सेन्सर टावरले सन् २०२१ को पहिलो ६ महिनामा एन्ड्रोइड तथा आईओएसका उत्कृष्ट १० एपको सूची सार्वजनिक गरेको छ । डाउनलोड संख्याका हिसाबले यी एपकाे स्थान छुट्याइएकाे हाे । यसमध्ये धरैजसो एप आईओएस र एन्ड्रोइडमा समान रहेका छन् ।
१. टिकटक
टिकटक यो सूचीमा सबैभन्दा अघि रहेको छ । आईओएसमा सन् २०२१ को पहिलो ६ महिनामा सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक पहिलो नम्बरमा छ । भने, एन्ड्रोइडमा याे एप दोस्रो स्थानमा रहेको छ ।
२. फेसबुक
पछिल्लाे ६ महिनामा फेसबुक एन्ड्रोइडमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेकाे छ । तर एप्पलकाे एप स्टाेरमा भने याे छैटाैं स्थानमा छ ।
३. इन्स्टाग्राम
फोटो शेयरिङ एप इन्स्टाग्राम गुगल प्ले स्टोर तथा एप स्टोरमा दुवैमा तेस्रो नम्बरमा रहेको छ ।
४. ह्वाट्सएप
डाउनलोडका हिसाबले एन्ड्रोइड तथा आईओएस दुवैमा ह्वाट्सएप याे अवधिमा चौंथो स्थानमा रहेको छ ।
५. फेसबुक म्यासेन्जर
फेसबुकको डेडिकेटेड म्यासेजिङ एप म्यासेन्जर एप्पलको एप स्टोरमा सबैभन्दा बढी डाउनालेड हुने एपमा ७ औं स्थानमा रहेको छ भने गुगल प्ले स्टोरमा छैटौं स्थानमा छ ।
६. जुम
भिडियो कलिङ एप जुम एन्ड्रोइड तथा आईओएसमा सन् २०२१ को पहिलो ६ महिनामा सबैभन्दा बढी डाउनलोड हुने एपमा छैटौं स्थानमा रहेको छ । यो एप आईओएसमा डाउनलोडको हिसाबले पाँचौं स्थानमा छ भने एन्ड्रोइडमा ८ औं स्थानमा छ ।
७. युट्युव
गुगलको प्रडक्ट युट्युव एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एपमा दोस्रो स्थानमा रहेको छ । भने, गुगल प्ले स्टोरमा युट्युव उत्कृष्ट १० स्थानमा पर्न सकेको छैन ।
८.जिमेल
गुगलको ईमेल सर्भिस जिमेल आईओएसमा सबैभन्दा बढी डाउनालेड हुनेमा १० औं स्थानमा छ । युट्युवजस्तै जिमेल पनि गुगल प्ले स्टोरमा उत्कृष्ट १० मा पर्ने सफल भएको छ ।
९. गुगल म्याप
गुगल म्याप डाउनलोडको हिसाबले एप स्टोरमा नवाैं स्थानमा रहेको छ । भने गुगल प्ले स्टोरमा १०औं स्थानमा रहेको छ ।
१०. स्न्यापच्याट
स्न्यापच्याट सबैभन्दा बढी डाउनलोड हुने एपको हिसाबले गुगल प्ले स्टोरमा ७औं स्थानमा रहेको छ । भने, एप स्टोरमा १०औं स्थानमा रहेको छ ।