काठमाडौं । अहिले वर्षात्को मौसम चलिरहेको छ। देशका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ । तर वर्षात्को बेला पनि मानिसहरुलाई घरबाहिर निस्किनु परिरहेको हुन्छ । यस्तोमा कतिपय हामी पानीले भिज्न पुग्छौं ।
सँगसँगै हाम्रो साथमा भएको स्मार्टफोन पनि भिज्न पुग्छ । कतिपय पटक त यस्तो सम्म हुन्छ कि हाम्रो फोन सानो गल्तीले पानीमा खसिदिन्छ । त्यसैले आज हामी तपाईंलाई यदि वर्षात्मा स्मार्टफोन भिजेको खण्डमा के गर्ने र के नगर्ने भन्ने बारेमा केही टिप्स दिँदै छौं ।
फोन भिजेको वा पानीमा खसेको अवस्थामा तपाईंको पहिलो काम के हुन्छ भने यदि तपाईंको स्मार्टफोन अन छ भने अफ गरिदिनुहोस् । तर सोझै चार्जमा लगाउने गल्ती नगर्नुहोस् । मोबाइल अफ गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोसिस नगर्नुहोस् ।
यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ । यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिमकार्डलाई सजिलो गरि निकाल्नुहोस् । यदि फोनमा नन् रिमुभल ब्याट्री छ भने शर्ट हुने खतरा रहिरहन्छ ।
अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुखाउनु होस् । तर यसो गर्दा चिपमा रहेको पानी सुक्नुको साटो नोक्सानी पुग्न सक्छ । फोन सकाउन घामको प्रकाश वा पंखाको हावा सबैभन्दा उपयुक्त हुन्छ ।
फोनमा देखिने पानीलाई कपडा वा पेपर न्याप्किनले पुछ्नुहोस् । यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् ।
यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुख्नका लागि छोडिदिनुहोस् । भिजेको फोन सुखाउने यो एउटा उपयोगी अनि सजिलो उपाय हो । अब फोनलाई चामलबाट बाहिर निकाल्नुहोस् । घाममा वा पंखाको हावामा सुकाउँदा होस् अथवा चामलको बीचमा सुकाउँदा नै किन नहोस्, फोनमा आद्रता बाँकी रहेको हुनसक्छ ।
यस्तोमा कुनै हार्डवेयर वा केमिस्टकहाँबाट पानी सोस्ने कपडा लिनुहोस् । त्यसपछि फोनलाई उक्त कपडाले बेर्नुहोस् र दुई दिनसम्म यत्तिकै छोडिदिनुहोस् ।
यदि फोन अन भएन भने चार्जमा लगाउनुहोस् । त्यसपछि पनि फोन खुलेन भने नजिकैको मोबाइल बनाउने ठाउँमा वा सम्बन्धित सर्भिस सेन्टरमा जानुहोस् ।