close

जुमले किन्यो एआईमा आधारित ट्रान्सलेसन स्टार्टअप कम्पनी ‘काइट्स’

टेकपाना टेकपाना

असार १६, २०७८ १५:९

जुमले किन्यो एआईमा आधारित ट्रान्सलेसन स्टार्टअप कम्पनी ‘काइट्स’

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ कम्पनी जुमले एआईमा आधारित ट्रान्सलेसन स्टार्टअप कम्पनी काइट्स जीएमबीए (कार्लस्रु इन्फर्मेशन टेक्नोलोजी सोलुसन’ खरिद गरेको छ ।

जुमले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित भएर रियल टाइममै एउटा भाषाबाट अर्को भाषमा ट्रान्सलेसन गर्न सकिने प्रविधि उपलब्ध गराउँदै आएको काइट्सलाई खरिद गरेको हो ।

कम्पनीका अनुसार काइट्सका १२ जना अनुसन्धानकर्मी कार्लस्रु जर्मनीमा काम गर्नेछन् । जसले त्यहाँको जुम टिमलाई ट्रान्सलेसन क्यापाविलिटी लाई बढवा दिने जनाइएको छ ।

जुमले हालसम्म खरिद गरेको कम्पनीमध्ये काइट्स नै सबैभन्दा पहिलो कम्पनी भएको छ । कम्पनीले १.७५ बिलियन डलरमा उक्त कम्पनी खरिद गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५