close

आजदेखि हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसार्ने

टेकपाना टेकपाना

असार १७, २०७८ १४:४६

आजदेखि हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसार्ने

काठमाडौं । आजदेखि हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसारप्रसार गर्ने भएकाे छ । अन्तर्राष्ट्रिय क्षेत्रमा ओसारप्रसार हुने चिठ्ठीपत्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममार्फत हुने भएकाे हाे ।

यसअघि मंगलबार निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारप्रसार गर्ने सबन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे ।

याे सम्झौताअन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगममार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।

यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने नेवानीले जनाएको छ ।

यसअघि सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५