close

अमेरिकामा एकै पटक ३६ राज्यले हाले गुगलविरुद्ध मुद्दा

टेकपाना टेकपाना

असार २४, २०७८ १८:५०

अमेरिकामा एकै पटक ३६ राज्यले हाले गुगलविरुद्ध मुद्दा

काठमाडौं । अमेरिकाका ३६ राज्यले एकै पटक गुगलको प्ले स्टोरविरुद्ध एन्टिट्रस्टको मुद्दा दर्ता गरका छन् । गुगलले एप डेभलपरमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको भन्दै उनीहरुले मुद्दा दर्ता गराएका हुन् ।

योसँगै अमेरिकी सरकारले गुगलविरुद्ध दर्ता गराएको यो चौंथो मुद्दा भएको छ । साे म गुगलले एप डेभलपरबाट अनावश्यक रुपमा शुल्क असुल गरिरहेको आरोप लगाइएकाे छ । जुन मुद्धा यसअघि एप्पलको एप स्टोरविरुद्ध दायर भएको मुद्दासँग मिल्दोजुल्दाे छ ।

यो मुद्दा क्यालिफोर्नियाको नर्थन जिल्ला अदालतमा दर्ता भएको जनाइएको छ । जसमा क्यालिफोर्निया, कोलोराडो, लोवा, न्यूयोर्क लगायतका राज्य रहेका छन् । उनीहरुले कुनै पनि एपका लागि प्रयोगकर्ताले तिरेको पैसाको ३० प्रतिशतसम्म गुगलले लिनु अस्वभाविक भएको बताएका छन् ।

अहिले एन्ड्रोइडका लागि गुगल प्ले स्टोरको विकल्प नहुँदा एप डेभलपर पनि उक्त रकम तिर्न बाध्य छन् । जुन गुगलले आफ्नो शक्तिको दुरुपयोग गरेको दाबी निवेदकहरूकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३